बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • बझाङ्ग जिल्ला सभापतिका लागि १० नेता आकांक्षी”

बझाङ्ग जिल्ला सभापतिका लागि १० नेता आकांक्षी”

सहमतिमै सभापति चयन गर्छाै :  पुर्व सभापति सिंह

  • बिहिबार, असार २४, २०७८
बझाङ्ग जिल्ला सभापतिका लागि १० नेता आकांक्षी”

बझाङ — नेपाली कांग्रेसको १४ औं महाधिवेशन निश्चित भएपछि देशका विभिन्न जिल्लामा चुनावी चहलपहल बढेको छ । बझाङ जिल्लामा पनि चहलपहल बढ्न थालेको छ । नेपाली कांग्रेस बझाङ जिल्लाको सभापतिका लागि आकांक्षीहरु नखुले पनि भित्र भित्रै कसरत भने सुरु भईसकेको छ । कसरी टिममा पर्ने र केन्द्रिय नेताको राय र सल्लाह अनुसार अगाडी बढ्ने भन्दै कसरत सुरु हुन थालेको छ । साउन १२ गते तोकिएको नेपाली काग्रेसको १४ औ महाधिवेशनमा बझाङ जिल्लाका १० वटा गाउँपालिका र २ वटा नगरपालिकाका ९४ वटा वडा बाट १६ जना क्रियाशिल सदस्यहरुले जिल्ला अधिवेशनमा सहभागिता जनाउन पाउँने पुर्व पार्टी सभापति पृथ्वी बहादुर सिंहले बताउनुभयो ।
जसमा ३ जना महिला, २ जना दलित,१ जना जनजाती,१ जना पिछडिएको वर्ग तथा अपाङ्गता भएको व्यक्ति जसमा ७ जना आरक्षण र ९ जना खुल्लाबाट सहभागिता जनाउने भएका छन । सिंहले भन्नुभयो, ‘हाल जिल्लामा कोहि पनि नेताहरु नआएकाले आधिकारीक रुपमा सभापतिको लागि कस्ले उम्मेद्वारी दिने भन्ने टुंगो लागेको छैन । सबै जना अहिले सहमतिकै पक्षमा लागि राखेका छौ । सामाजिक संजाल हेर्दा त आकांक्षी धेरै देखिएका छन । पार्टीले बैठक बोलाएको छैन । पार्टीले साउन १२ गते वडा अधिवेशन, १६ गते गाउँपालिका तथा नगरपालिका अधिवेशन, २० गते क्षेत्रिय अधिवेशन, २३ गते जिल्ला अधिवेशनको तयारी गरेको छ । बैठक कहिले बस्ने भन्ने छलफल भएको छैन । अब सर्बोच्चको निर्णयलाई पर्खिरहेका छौ । सहमतिमै सभापति चयन गछौ ।,
गाउँपालिका तथा नगरपालिकाबाट गरी जम्मा १५ सय ४ जना सहभागि हुने भएका छन । धेरै जना आकांक्षी हुनु स्वभाविकै हो । लोकतान्त्रीक पार्टी भएकाले नेपाली कांग्रेसमा सबैको योगदान ठुलो रहेको छ । हामी अहिले चुनाव नगरेर सहमति तथा मिलोमतो गरेरै सभापति चुन्ने प्रयासमा छौ । कोभिडको कारणले पनि हामी मिलोमतोमै सभापति चुन्ने प्रयास गछौ । को उठ्ने को बस्ने भन्ने पार्टीको बैठक बसेपछी थाहा हुने समेत पुर्व सभापति सिंहले बताउनुभयो ।
सभापतीमा १० जनाको चर्चा
सभापतिकोे लागि जिल्लामा ७ वटा स्थानियतहबाट १० जना नेता आकांक्षी देखिएका छन । जसमा जयपृथ्वी नगरपालिकाबाट वर्तमान पार्टी सभापति हर्कजंङ बहादुर सिंह, क्षेत्रिय सभापति भरतराज जोशी, पुर्व जिविस सभापति, जयपृथ्वी नगरपालिकाको मेयरमा पराजित चेतराज बजाल, मष्टा गाउँपालिकाबाट पार्टी उपसभापति ज्ञान बहादुर बोहरा, सुर्मा गाउँपालिकाबाट, १३ औ अधिवेशनमा जिल्ला सभापति पदमा पराजित भएका खडक बहादुर बोहोरा, पार्टी प्रवक्तmा पुस्कल बोहोरा, केदारस्युँ गाउँपालिकाबाट १३ औ अधिवेशनमा जिल्ला सभापतिमा पराजित रमेश भन्डारी, थलारा गाउँपालिकाबाट १३ औ अधिवेशनमा जिल्ला सभापतिको उम्मेदारी फिर्ता गरेका देवराज शर्मा, खप्तड छान्ना गाउँपालिकाबाट महासमिती सदस्य जगत प्रसाद जोशी, बुंगल नगरपालिकाबाट तरुण दलका पुर्व केन्द्रिय उपाअध्यक्ष प्रताप गुरुधामीको नेपाली कांग्रेसको जिल्ला सभापतिको लागि चर्चा चलेको छ भने,
५ वटा स्थानियतह वित्थडचिर गाउँपालिका, तलकोट गाउँपालिका, दुर्गाथली गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका र साईपाल गाउँपालिकाबाट भने सभापतीमा को उठ्ने भन्ने खुलेको छैन ।
बझाङबाट नयाँ क्रियाशिल सदस्य कति थपिए ?
बझाङमा यसपटक ३५ देखि ३८ सयको हाराहारीमा क्रियाशील सदस्य थपिएका छन । त्यसको लिष्ट केन्द्रमा पठाएको छ । छानविन भैरहेको छ । त्यसको आधिकारीक लिष्ट अहिले सम्म नपुगेको र बझाङ जिल्लामा कांग्रेसका क्रियाशील सदस्यको संख्या लगभग ७ हजार ७ सय पुगेको प्रवक्ता पुस्कल बोहराले बताउनुभयो । ३ हजार ८ सय जना नयाँ क्रियाशिल सदस्य थपिएपछि सदस्य संख्या बढेको हो । कांग्रेसमा पुराना ३ हजार ९ सय जना क्रियाशिल सदस्य रहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार