
अर्थ जङ्ग शाही/बझाङ — जिल्लाको केदारस्युँ गाउँपालिकाको वडानम्बर ८ मा कोभिड १९ बाट प्रभावित घरधुरीहरूलाई खाद्यान्न वितरण गरिएको छ । वलर््ड भिजन र प्रगतिशील युवा समाजको साझेदारीमा केदारस्युँ गाउँपालिकाको वडा नम्बर ८ मा १ सय ७५ परिवारलाई प्रतिव्यक्ति ३० केजी मसिना चामल, ३ किलो दाल, तेल २ लिटर, चिनी २ किलो, नुन २ किलो, हात धुने साबुन ४ वटा गरी प्रतिव्यक्ति ३ हजार ३ सय ३३ रुपैयाँ बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
प्रगतिशील युवा समाज र वल्र्ड भिजनले जिल्लाका स्थानियतहहरु सँग सहकार्य गरेर खाद्यान्नका कार्यक्रम मात्र नभई ठुलो मात्रामा स्वास्थ्य सामाग्रीहरू लगायत विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द रहेको अवस्थामा हरेक शनिबार पढाई शिविर समेत गर्दै आएको छ । हाल संस्थाले इन्टरनेटको पहुँच बाहिर रहेका बालबालिकाहरुका लागि अविभावकहरुले घरमै राखेर पठन पाठन गराउने तरिका, बालबालिकाको सिकाई र सिप विकासमा जोड दिनको लागि रेडियो कार्यक्रम समेत संचालन गरेको छ ।


