शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका मिडिया हाउसद्धारा ४ जना बेसाहारा बालबलालिकालाई खाद्यन्न सहयोग

बडिमालिका मिडिया हाउसद्धारा ४ जना बेसाहारा बालबलालिकालाई खाद्यन्न सहयोग

  • आइतवार, असार २०, २०७८
बडिमालिका मिडिया हाउसद्धारा ४ जना बेसाहारा बालबलालिकालाई खाद्यन्न सहयोग

बाजुरा ःबडिमालिका मिडिया हाउसद्धारा ४ जनाबेसाहारा तथा असहाय बालबालिकालाई राहतसहयोग गरेको छ । बडिमालिका नगरपालिका २ माझिगाउका चार जना बेसाहार बालबालिकालाई मिडिया हाउसले दाल, चामल, नून, तेल र साबुन सहयोग गरेको बडिमालिका मिडिया हाउसका प्रकाशक सम्पादक प्रकाश सिंहले बताएका छन् ।
आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी अलपत्र रहेका थिए । अलपत्र पर्नेमा ७ बर्षकी करुणा नेपाली, ६ बर्षकी कोपीला नेपाली, ४ बर्षकी स्माया नेपाली र ३ बर्षका धुुब्रराज नेपाली रहेका छन् ।
आमा रेखादमाईको उपचारको क्रममा २ बर्ष पहिलाभारतमा मृत्यु भएको थियो, भने बुवाबिनय नेपालीले अर्को बिहे गरेर भारत गएपछि अलपत्र रहेका वडा अदक्ष महतले वताए ।
बेसहारा बालिकालिकालाई राहातसामग्री बडिमालिका नगरपालिकाकी उपप्रमुख कबिता बिष्टले बितरण गर्दै समस्यामा परेका नागरिकहरुलाई बडिमालिका मिडिया हाउसले सानै भएपनि सहयोग प्रतिधन्यबाद दिएकी छन् । बडिमालिका नगरपालिकाको वडा कार्यालयमा राहातबितरण कार्याक्रममा उप्रमुख बिष्टले बेसाहारा बालबालिकाकालाई शिक्षा र अन्यथप सहयोगको लागि थप हलगर्ने बताएकी छन् ।
त्यस्तै बडिमालिका नगरपालिका २ का वडा अध्यक्ष डम्बर महत्तले मिडिया हाउसले बेसाहारा बालबालिकालाई यो भन्दापहिले पनि लुगाकपडा स्टेसनरी खाद्यन्न र नगर पनि सहयोग गरेको र यो पटक पनि सहयोग गरेको प्रतिधन्यबाद दिएका छन् । आफ्नो वडाका नागरिक कोही खान नपाएर भोकै बस्न नपरुनभन्ने आफ्नो मुख्यजीम्मेवारी रहेको र त्यो अभियानमा बडिमालिका मिडिया हाउसले हसयोग गरेको प्रतिधन्यबाद दिएका छन् । बेसहारा चार बालबालिकाको शिक्षा स्वास्थ्यको बिषयमाआफू सहयोगी निबाएसंगको पहल कदमकाे लागि रहेको बताए ।
नाबालक चार जना दलितभाईबहिनी बुढा हजुर बुबाअर्जुन दमाई र हजुर आमा बिस्ना दमाईको संरक्षणमा रहेका छन् । आर्थिक अबस्थानिकै कमजोर रहेको अर्जुन दमाईको परिवारलाई नाबालक नातिनातिनी पाल्ननिकै समस्याभएको छ । गाँउभरी डुलेर अरुलाई मागेर नातिनातिनिहरुको पेट भर्ने काम गरेको हजुर आमा बिस्ना दमाईले रुदै वताईन् ।
कोरोनाको कहर बढे सँगै लकडाउने उनिहरुमाझनै समस्या परेको थिए । अर्जुनको परिवार दलितहुन् । जग्गाजमिनसमेत नभएका उनको परिवार खलियाकामगर्थे, माथिल्लो जातिको काम गरे बाफतको अन्नले केही दिनलाई खान पुगेपनिअहिले भने परिवार पाल्ननिकै समस्या भएको वताए । यो समस्या पछि बडिमालिका मिडिया हाउसको संकटमा हसयोग अभियानमार्फत सहयोग गरिएको हो ।
राहात बितरण कार्यक्रममा बडिमालिका नगरपालिकाकीउपप्रमुखकबिता बिष्ट, वडा नम्बर २ का वडा अध्यक्ष डम्बर महत्त, नेपालपत्रकार महासघका बरिष्ट उपाध्यक्ष तथा बडिमालिका मिडिया हाउसका सम्पादक पदमबहादुर सिंह वडा कार्यालयकाकमर्चरी तथाअन्य स्थानियको उपस्थिति राहातबितरण गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार