चक्र बहादुर अएडी/असार १९– जिल्लाको त्रिवेणी नगरपालिकामा सात दिने सिपमुलक तालिम सम्पन्न भएको छ । त्रिवेणी नगरपालिकाको आर्थिक सहयोगमा सोहि नगरपालिकाको वडा नम्वर ४ तोलीमा असार १३ गते बाट संचालन भएको तालिम सनिवार एक कार्यक्रमका विच सम्पन्न भएको छ ।
तालिम सहकारि संस्थामा आवद्ध केहि गर्न सक्ने क्षमता भएकी महिलारुलाई तालिम प्रदान गरिएको नगर उपप्रमुख राधिका सुनारले बताउनु भयो । तालिममा विभिन्न किसिमका माला , पोते ,टप र औठि बनाउन तालिम दिएको बताएको छ । महिलाहरु पनि केहि गर्न सक्छन र अरुको भरमा नपरेर घरमा हुने सानोतिनो घर खर्च चलाउनको लागि सो तालिम प्रदान गरिएको छ ।
तालिम त्रिवेणी नगरपालिका वडा नम्वर १ देखि ९ सम्मका १८ जना महिलाहरुलाई दिईएको रोजगार संयोजक अर्जुन रोकायाले बताउनु भयो । कार्यक्रम त्रिवेणी नगरपालिका नगर उपप्रमुख राधिका देवि सुनारको अध्यक्षतामा संचालन भएको कार्यक्रमको संचालन त्रिवेणी रोजगार संयोजक अर्जुन रोकायाले गर्नु भएको कार्यक्रममा रेडक्रसका प्रमुख एवम प्रतिनिधि अन्य कर्मचारिलगाएतको सहभागिता रहेको थियो ।