साइनो-लघुकथा!

  • शुक्रबार, असार १८, २०७८
साइनो-लघुकथा!

सुरेशकुमार पान्डे — मेरो नजिकै छिमेकमा एउटा बुढा र उन्को बुहारी बस्थिन।साहिद उन्काछोरा बाहिर अर्को मुलुकमा गएका थिए काम गर्न,
सरिताले भने यँहा उन्को बुढा बाउ सँग सँगै बस्नु पर्थ्यो।उन्ले एउटा कुनै स्कुलमा जाँब गर्थिन बच्चाहरुलाई पनि टुसन पढाउँदा कत्तिपनि फुर्शद हुँदैन थ्यो।
बुढाले दिनौ साँझमा पिउँने चलन थियो त्यो बानिलागेको हुँनाले सुत्नेबेला नपिएपछि उन्लाई निद्रा लाग्दैन थ्यो।केही दिन देखि सरिता र उन्को ससुरा बुढाको नोकझोक चलेको थियो एउटाले आर्कालाई देखेपछि अलि चिड्चिडापन हुने गर्थ्यो।यो घरमा जम्मा जम्मि ससुरा र बुहारी उनैको बिचमा पनि दिनौ झग्डा देख्दा हामिलाई पनि अलि नरमाईलो लागथ्यो।आखिर किन यिनिहरुको बिचमा झग्डाहुन्छ यो बुझ्न सकेका थिएनौँ।
जेहौश हामि त अर्काको घरमा बसेका किरायदार उनिहरुलाई भन्न पनि अलि अपठ्यारो लाग्ने।रात परेपछि बुढालाई निन्द्रा नलाग्ने र जोड जोड सँग केहिन केही कराई राख्थे छिमेकमा त्यो चाल देख्दा हामिलाई कत्ति पनि राम्रो लाग्दैनथ्यो तर नलागेर के गर्ने?यसरी त रातैभरी नसुतेर काममा जाँदा सारै असजिलो महेशुर्ष भएकोथियो।
एकदिन म क्वाटर बदल्ने उदेश्यले महेशका घरमा पुगेँ।यो कुरा मैले महेश सँग गर्दा उन्ले फिलहाल कतै क्वाटर खालिछैन भएपछि भनुला भनेर उत्तर दिए।त्यँहा क्वाटर नपाएपछि म फर्किहाले।
आर्को दिन मेरै बगलमा बुढाको घरकै नजिक एकजना आर्का किराएदार बस्न आए।उन्ले केहिदिन पछि त्यो बुढा बस्ने ठाउमा गएका थिए बुढा फेरी जोड सँग कराउँन थाले।एक दुई पल्ट उनि त्यो घरमा पुगेपछि उनिहरुको झग्डा हुने मुख्य श्रोत पत्ता लगाएछन।बुहारी धेरै बिजी हुने भएकोले ससुराले घरमा केहि हेल्प गरिदिए हुन्थ्यो भन्ने बुहारीलाई थियो।बुढालाई भने बुहारीले आफ्नो मर्म बुझेहुन्थ्यो भन्ने चाहिँ बुढालाई रहेछ।उन्ले साँजमा पिउँने बानि रैछ।
यो नै उनिहरु बिचको झग्डाको मूल जरो रैछ।अब यो कुरा बुझेर मात्रै त समस्या हल हुँदैन।समस्या हल कसरि हुन सक्छ?उनि नयाँ किरायदार असमान्य मान्छे रैछन।समाजिक कार्याक्रता उन्ले यस्ता केस हरुलाई पहिलेपनि सुल्झाएका रैछन।
केही दिन उनि नया किरायदार सरिताको घर आउँने जाने गर्दा पनि बुढाले उनिमाथि संक्का गर्न थालेछन।म डिप्टी जान थालेको बेला बुढा भाईर पिडिमा बसेका थिए।सेते यँहा आ भन्दै मलाई बोलाए।म डराई डराई बुढाको नजिक पुगेको केथिए।सम्झा तेरो मान्छे मेरोघरमा किन आउँछ?केसाईनोछ मेरी बुहारी सँग?बुढा बिना हिचकिच भन्नथाले।अनाप सनाप
भनेर पो मलाई धम्काए तिनि नयाँ किराएदार त मेरा मान्छे पनि थिईनन्।हौश,म सम्झाम्ला!फेरी पनि म धेरै कुरा गर्न नलागेर त्यत्ति भने।त्यो ब्याक्तिलाई साँचै भन्दा महिले पनि चिनेको थिएन।उनि एकजना समाज प्रेमि हुन भन्ने भरी सुनेको थिएँ।
एकदिन म हैरान भएँ आफ्नै आँखाले घरमा कोईपनि नभएको बेलामा त्यो आफुलाई समाज सेबक बताउँने ब्याक्ति त्यो घरमा खिड्की बाट कुँदेर गएको देखेँ। जब आफ्ना आँखाले देखिसकेपछि केनै रह्यो र बाँकी?अब त्यो ब्याक्तिको पोल खुल्यो मैले मनमनै भने।वास्तबमा झग्डाको जड यहि ब्याक्ति होला भन्ने संका पनि मनमा पय्रो।
तर केही दिन बाट त्यो घरमा कलेस भने थिएन।न बुढा कराएको सुनियो न बुहारी।डिप्टी जाँदा पनि अचेल त बुहारीले ससुरालाई बाई भन्दै गएको देखियो।यो चमत्कार भयो त भयो कसरी?मलाई अचम्मै लागेकोछ तर कसैलाई सोध्नु भन्दा एकदिन त्यही नया किरायदारलाई सोध्छु भन्ने सोचेको थिए।आज फेरी पनि त्यो ब्याक्तिलाई पछाडि बाट भित्र प्रवेश गरेको देखेँ।
आज जसरि भएपनि यो ब्याक्तिलाई भित्र किन जान्छ सोध्छु भनेर मपनि पछिको त्यही खिड्किको तल लुकेर बसेँ।
केही बेर पछि त्यो ब्याक्ति त्यहि खिड्कि बाट भाईर निस्कियो।त्यही बेला मारे च्याप्पै छोपेँ।के गर्न पसेका कोई नभयको बेला भन्दै पुलिसमा दिन्छु भनेर उस्लाई धम्काएँ।उन्को नाम धनिराम थियो वास्तबिक रुपमा उन्ले यो घरको झग्डाको बारेमा जानकारी भएपछि समाजले त्यो घरको झग्डालाई समाधान गर्न उस्को साथि स्वायम सरिताको श्रीमानले खटाएका रैछन।अहिले त्यो घरको झग्डा सकिएको थियो त्यो मात्रैहोईन उनिहरुले एकले आर्कालाई सम्मान गर्न थालेका थिए।यो कसरी सम्भब भयो भने धनिरामले बुढाको सिरानिमा रक्सिको पौवा राखिदिन्थे।चोर ढोका बाट प्रवेश गरेर बुहारी स्कुलबाट घर आउँदा सबै घर सफा मिल्थ्यो।खाना पाकेको मिल्थ्यो।त्यो सबै कुरा धनिरामले गर्थे।त्यसबारे कसैलाई भनक भयन,बुढाले सिरानीमा रक्सि देखेपछि बुहारीले आफ्नो मर्म बुझेको संझिन्थे।उस्तै घरमा सरसफाई देखेर बुहारीले बुढाले बुहारीको मर्म बुझेको सम्झिन्थिन।तर धनिरामले त्यो घरको रोगलाई प्रष्ट सँग बुझेर त्यसलाई निको पार्ने यो चाल चलेखा थिए।
एक दिन बुहारी र बाबु दुबै जना भएको बेला मलाई पनि लिएर धनिराम त्यो घरमा प्रवेश हुन्छन।अनि उनिहरुको यो मेलमिलाप कसरी भयो भनेर धनिरामले बुढालाई सोध्छन।बुहारीले मेरो मर्म बुझि सिरानिमा सुटुक्का पौवा राख्दिन्थिन मलाई बिना रक्सि निन्द्रा लाग्दैन थ्यो।मैले त राखिन रक्सी त यो ससुराको कुरा सुनेर बुहारीले भनी!यो कस्ले राख्यो त?अनि हजूरले घर सरसफा गरेरपो मत..भन्दै बुहारीले भनि!होईन मैले त सरसफाई गरेको कस्ले गय्रो?त्यही बेला धनिरामले त्यो सबैको जिम्मा आफुले लिन्छन।साख्खै साईनो भन्दापनि बर्गिय साइनोले त्यो घरलाई नर्क हुँन बाट जोगायो।

चर्चामा

सम्बन्धित समाचार