बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको सदरमुकाम मार्तडीमा झडप, प्रहरी माथि ढुङ्गा प्रहार (भिडियाे सहित)

बाजुराको सदरमुकाम मार्तडीमा झडप, प्रहरी माथि ढुङ्गा प्रहार (भिडियाे सहित)

  • बुधबार, असार १६, २०७८
बाजुराको सदरमुकाम मार्तडीमा झडप, प्रहरी माथि ढुङ्गा प्रहार (भिडियाे सहित)

बाजुरा–बाजुराको सदरमुकाम मार्तडीमा नेपाल बिद्यार्थी संघ, अनेरास्वीयु माधब समुह र अनेरास्वीयु केपी समुह बिच झडप भएको छ । नेपाल बिद्यार्थी संघ, अनेरास्वीयु माधब समुहले केपी वलीको सरकार बिरुद्ध निकालेको बिरोध जुलुशमा अनेरास्वीयु केपी समुहले अबरोध गर्न खोज्दा झडप भएको हो ।
दुुइ पक्ष बिच भएको झडपलाई प्रहरीले नियन्त्रण गर्न लठ्ठि चार्ज गरेको थियो । प्रहरीले लठ्ठि चार्ज गर्दा प्रहरी माथि नै ढुङ्गा प्रहार गरेको थियो । लोकतान्त्रि चोकमा घरको छत बाट ढुङ्गा प्रहार भएको थियो । सदरमुकाम मार्तडीको लोकतान्त्रीक चोकमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको बाक्लो उपस्थित रहेपनि दुुइ पक्ष बिच झडप भएको थियो ।
जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख मदनजित महराका अनुसार सामान्य झडप भएको वताए । प्रहरी माथि ढुङ्गा प्रहार भएपनि केही प्रहरीलाई सामान्य चोट लागेको प्रहरीले वताएको छ । सदरमुकाम मार्तडी थप झडप हुन नदिन ब्यापक प्रहरी परिचालन गरेको थियो ।

https://www.facebook.com/360762394657501/videos/511994910044408

 

 

 

 

चर्चामा

सम्बन्धित समाचार