बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा मनाइयो राष्ट्रिय धान दिवस

बाजुरामा मनाइयो राष्ट्रिय धान दिवस

  • मङ्लबार, असार १५, २०७८
बाजुरामा मनाइयो राष्ट्रिय धान दिवस

बाजुरा–बाजुरामा जिल्लाका बिभिन्न ठाँउमा राष्ट्रिय धान दिवस मनाएका छन् ।  प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस बाजुराका ९ वटा स्थानिय तहमा बिभिन्न कार्यक्रम गरेर मनाएका छन् । सदरमुकाम मार्तडिमा कृषि ज्ञान केन्द बाजुराकाे अगुवाइमा बडिमालिका नगरपालिकाको गडखेतमा १८ औँ धान दिवस मनाएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गाेबिन्द्र सिजापतिले  बताएका छन् ।
धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र सवृद्धी” भन्ने मुल नाराका साथ १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०७८ मनाएका हुन् । ९ वटै स्थानिय तहले दिवस स्थानीय कृषक, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाजकाे सहभागितामा धान रोप्दै मनाएका छन् ।No description available.
२०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिने गरेकाे कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गाेबिन्द्र सिजापतिले  बताएका छन् ।

No description available.

खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि दही च्यूरा खाई असार १५ मनाउने गर्दछन् । नेपालकाे प्रमुख खाद्यान्न बाली धानी हाे । आगामी आर्थिक वर्षका लागि देशको खाद्यान्नको मुख्य आधार रहेको धानकाे उत्पादन बढाउन सरकारको सहजीकरणमा विशेष गरी कृषकको व्यक्तिगत पहलमा धान रोप्ने कार्य हुन्छ । नेपाल धानमा आत्मनिर्भर हुनका लागि वार्षिक ६२ लाख मेट्रिक टन धान उत्पादन हुनु जरूरी रहेकाे कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कले जनाएकाे छ ।

No description available.

 

चर्चामा

सम्बन्धित समाचार