हाम्रो देश जस्तो शुन्दर त कुनै प्रवाश छैन,
त्यो पुरुङ्ग छेडाको जस्तै चिसो बतास छैन।
छनलाई छन गगन चुम्ने महलहरु सिशाका,
त्यो भित्र बस्ने मानिसमा कत्ति मिठाश छैन।
देख्दा झक मक छन रातोदिन यि सहरहरु,
कुनै ठाउँ नि आफ्नो देश जस्तो खाश छैन।
कारोबार हुन्छ मज्दुरको रगत र पसिनामा,
तर पनि उनैको लागि यहाँ छाक बाश छैन।
बाँचेकाछौँ शंघर्ष गरेर श्रमजीवीहरुले यहाँ,
हाम्रो न्याया र निसाबमा पनि निकाश छैन।
अर्काको देशमै बसने मन थिएन मेरो कत्ति
कसरी फर्क्यौ देशमा म सँग अबकाश छैन।
सुरेशकुमार पान्डे।