अनुभव!लघुकथा!

  • मङ्लबार, असार १५, २०७८
अनुभव!लघुकथा!

सुरेशकुमार पान्डे — स्थानिय चुनावको प्रचार प्रसार गर्दै सेते रामे र दामेहरु एउटा स्कुलको नजिकै पुगेका थिए।त्यो स्कुलको छेउँमा एउटा हेल्थ पोष्ट पनि थियो।त्यँहा केहि बिमारीहरु डाक्टरको बाटो हेरेर बसेका थिए।एकछिन पछि एउटा सिरियस बिमारी महिलालाई डोकोमा बोकेर ल्याउँदै थिए।यो देखेपछि ति चुनाव प्रचार गर्न हिँडेका सेते रामे र दामेहरुलाई त्यँहाको डाक्टरको बारेमा सोध्ने मन लाग्यो सोधपुच गर्दा त्यहाँ अहिले डाक्टर उपस्थित नभएको जानकारी भयो।उनिहरुले डाक्टर न भएपछि त्यो डोकामा बोकेर ल्यायकी महिलालाई बजार पुराउँन अह्राए किन कि बिमारिको हालत अलि नाजुक थियो।यँहाको डाक्टर आएपनि भन्ने त्यहीनैहो।बिना साधनश्रोत उपचार पनि हुँदैन।
ति तिनैजना त्यो स्कुलबाट अब गाउँ तिर लाग्नका लागि जाँदै थिए त्यही बेला दुईजना चौरमा टुप्लुक आई पुगे एउटाले कुखुराको भालेको खुट्टामा छोपेर झुण्डाएको थियो।उनि दुबैजनाले मदिरा सेबन गरेका रैछन।हिँड्दा पनि खुट्टा अलि राम्रो नलाग्ने बोल्दा जिब्रोपनि नलाग्ने भयका थिए।
उनिहर मध्य एकजनालाई सेतेले चिनेको थियो।उन्ले हेल्थपोष्टमा काम गर्थे आर्कोलाई भने नचिनेको।कहिली त्यो ठाउँमा नदेखेको पय्रो।खास गरेर सेते पनि लाहुरे हो त्यसकारणले साल छ मैनामा गाउँमा जाँदा केहिन केही फरक भएकैहुन्छ।
त्यो अञ्जान ब्याक्तिले रामेको हातमा चपक्कै छोप्यो अनि तान्दै चौरमा बस्न भन्यौ रामेले पनि उस्लाई नचिनेका दुबै जनाले राजनीतिक गफ हाल्न थाले।सेते र दामे नजिकैको एउटा चिया पसलमा गएर चिया पिउँन थाले।रामेको हात छोपेर बसाल्दा त साहिद चिनजान होला भनठानेका थिए सेते र दामेले तर पछि रामेले उस्लाई नचिनेको थाहाभयो।
धेरैबेर सम्म तिनिहरुको गफ सिध्धिएको थिएन।सेतेले दामेलाई त्यँही बस्न भन्दै आफु त्यँहाबाट हिँडेर चौरमा पुग्छ उनिहरुको गफ चलिरहेकै थियो।सेते आफैपनि त्यँही बस्यो।त्यो नै हेल्थपोष्टको डाक्टर थियो।
त्यो बेला देशमा बहुदल पछिको पहिलो स्थानिय चुनाव भएकोले चुनावको पहिलो अनुभव पनि हो।त्यो ब्याक्तिका कुरा शुन्दा अचम्मै लागेको थ्यो।एकातिर सरकारी डाक्टर जस्लाई सरकारले गाउँमा रोगिहरुको उपचार गर्न पठाएको त्यो नगरेर दिउसै टन्न रक्सि पिएर हिँडेकोछ।भैन भनेर चुनाव प्रचार गर्न हिँडेका टोलिहरुलाई बसालेर धाग लगाउँदैछ।यो कस्तो खाले डाक्टरहो सेतेले मनैमन सोचेको थियो।उस्ले रामेको एउटा हात अहिलेपनि छाडेको थिएन कुरा गर्दा गर्दै त्यो चौर भरी मानिसहरु जम्मा भैसकेकाथिए।नजिकैका दोकानदारहरु पनि गफ सुन्न चौरमा पुगेका थिए।
अब घामले पनि नेटो काट्नै थालेको थियो।त्यो ठाउँमा सरसरी बतास बिस्तारै चलिनै राख्छ।अहिले चिसो सिरिटोले बिस्तारै सोह्रदै थियो।चुनाव नजिकै भएकोले चुनाव प्रचार पनि पुरा गर्नु थियो।त्यसैले सेतेलाई अलि आत्तुरि लागेको झैँ गर्दै हामिलाई ढिलो भएकोछ सर फेरी बसौँला चुनाव प्रचारमा जानछ!सेतेले अजनवी सँग बिन्रम निवेदन गर्छ!के यो चुनाव प्रचार होईन?हामि सँग पनि भोट छ नि हामिलाई पनि त रिजाउँन सक्नुपर्यो!भन्दै त्यो ब्याक्तिले हिँशा गर्न थाल्यो।
हजूर को हुनुहुन्छ?भन्दै सेतेले रामेको हातलाई उस्को हातबाट छुटाई दिएपछि म यो देशको चौकिदार हुँ भन्दै जर्कियो त्यही बेला रामेले उस्लाई बसेको बसेई उठाएर परै फ्याँक्यो!उस्ले उठ्दै आफुले पछाडि लुकाएको चाकु निकालेर एकछिन हा हु गर्दै हावामा घुमायोँ।त्यो डाक्टर सँग त्यति खतरनाक हथियार छ भन्ने कसैलाई सङ्का पनि थिएन।
त्यँहा त्यो बेला भिड जुटिसकेको थियो।झग्डा देखेपछि हेल्थ पोस्टका रोगि समेत त्यँहा जुटेका थिएँ।
अहिले त्यो चौर देख्ने लाएक थियो पुरुष महिला बाल बालिका बुढा बुढी सबैजसो मानिशहरु चौरभरी छरिएका थिए।त्यो ब्याक्तिले हथियार हावामा घुमाउँदा रामेले फेरी एक किक हान्छ त्यो ब्याक्तिको हातबाट हथियार भुईमा खस्छ।कतै अनहोनि नहौश भन्ने मनसायले दामेले त्यो धारिलो हथियार आफ्नो पास राख्छन।रामे अत्यान्तै फुर्तिलो युवा थियो उस्ले ताईकाण्डोमा बल्याक बेल्ट हाशिल गरेको हुनाले सेते र दामेलाई थाहा थ्यो त्यो डाक्टरको केहि चल्दैन बरु रामे सँग कुनै गलति नहौशभनेर सचेत थिए।डाक्टर मित्र यसो उसो नगर्नुस अनि आफ्नो कोठा तिर्फ लाग्नुश भनेर सेतेले सम्झाउँदै थियो उस्ले कोईनाले घुच्चाउँन पुग्यो।
उस्लाई फेरी रामेले एक फाईट लगायो।अलि पर जान्छ अनि हाउ हाउ गर्छ एक किक खाए पछि फेरी भाग्छ।
अहिले सबै मिलेर उस्लाई बचाउने तिर लागेका थिए तर उ आफै मुर्ख जस्तै जाई लाग्थ्यो।त्यही बेला उसै सँग काम गर्ने अर्का डाक्टर कताबाट आई पुगेर उस्लाई सम्झाए।उनि अत्यान्तै समजदार युवा थिए त्यो पब्लिकलाई त्यो डाक्टरको तर्फ बाट आफै माफि माग्दै उस्लाई समेत सार्वजनिक माफि मगाएर छाडियो।युवा डाक्टर आफु बजार ग एको बेलामा यस्तो भयो अब देखि यस्तो हुन नदिन आफेले प्रयास गर्ने आस्वासन समेत थिएकाथिए।
उस्लाई अँझ डिप्टिको बेला मदिरा नपिउँन र गैर हाजिर नहुन पनि चेतवानी दिएर छाडियो।त्यो राति रामे दामे र सेते कतै चुनाव प्रचारमा गएनन् भोलि पल्ट कामको बिभिजन (भाँड फाड )गरेर बिदा भए।तेस्रो दिन सेतेले एक्लै गाउँमा भित्तेलेख गर्दै थियो त्यो डाक्टरले एकजना ब्याक्तिलाई ल्याएर आयो।उनिहरु वाईकमा आएका थिए पछाडि बसेकोले हातमा बन्दुक छोपेको थियो।त्यो डाक्टरले बोलाएको ब्याक्ति थियो उस्ले एकछिन वाईक रोकेर यँहाको उमिदवार कोहो भन्दै सोध्यो।महो हजूर!सेतेले उत्तर दियो।के तिमिले फलानालाई हराउँन सक्छो?उस्ले त्यो ठाउँको आर्को कण्डिडेटको नामलिदै भन्यो।त्यो हराउँने जित्ने भन्ने कुरा त आफ्नो ठाउँमाछ प्रयास गर्दैछौँ !सेतेको जवाफ सुनेपछि बयाँग्य मुस्कुराउँदै उनिहरु त्यहाल बाट लाग्छन।सेतेलाई थाहा थियो त्यो ब्याक्तिले यँहा बन्दुक देखाएर खौफ सिर्जित गर्नेप्रयात्न गर्दै थियो।
आखिर उनिहरुको उदेश्य यँहा आफुले जे गरेपनि कसैले बिरोध नगरुस भन्नेनै थियो तर त्यो हुन नसकेपछि त्यो ब्याक्तिले पछि आफ्नो सरोट गराएर त्यँहाबाट अनेन्त्र गयो।

चर्चामा

सम्बन्धित समाचार