मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकामा स्थानियले ताला खोल्यो

बुढीगंगा नगरपालिकामा स्थानियले ताला खोल्यो

घट्टे तट्बन्धनको काम भोली देखी सुरु गर्ने र फोनपार्कको टेन्डर पाँच दिन भित्र गर्ने सहमती

  • आइतवार, असार १३, २०७८
बुढीगंगा नगरपालिकामा स्थानियले ताला खोल्यो

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

बाजुरा — आईतबार दिउँसो बुढीगंगा नगरपालिकामा लगाएको ताला खुलेको छ । ताप्रीसेराको घट्टे खोला तटबन्धनको काम भोली देखी सुरु गर्ने र बुढिगगा नगरपालिका २ मा बन्ने फोनपार्कको ठेक्का टेन्डर पाँच दिन भित्र निकाल्ने सहमति पछि नगरपालिकामा लगाएको ताला खुलाएको र्सकल थापाले जानकारी दिएका छन् । नगरपालिकामा ताला लगाएपछि नगरपालिकाका मेयर उपमेयर प्रमुख प्रशासकीय अधिकृत्त र वडा नम्वर २ र ३ का स्थानिय बिच दिउसो बसेको छलफलमा तटबन्धनको भोली स्टमेट तयार पारेर समझोता गरेर काम अगाडी बढाउने सहमती भएको थापाले बताए ।
कोलेनिका बाजुराले असार २० गते भित्र काम सकिसन्नुपर्ने परिपत्र भएको छ । हालसम्म समझौता नगरी दिएकोले काममा ढीलो भएको क्षेति नगरपालिकाले बेहोर्ने गरी सहमती भएको घट्टेखोला तट्बन्धन उपभोक्ता समितिका अध्यक्ष सर्कल थापाले बताए ।
समिति बनाएर समझौताको लागि दिन दिनै नगरपालिका धाउदा पनि स्टमेट र समझौता नगरि दिएको भन्दै आईतबार दिउसो नगरपालिकामा वडा नम्बर २ र ३ का स्थानियले नगरपालिकामा ताला लगाएका थिए ।
शुक्रबार र सनीबार दुुई दिन साफे मार्तडी सडक बन्द गरेर आन्दोलन गरेका स्थानियले नगरपालिकाले आफ्नो कुराको बेवास्था गरेपछि आईतबार नगरापलिकामा ताला लगाएको थियो ।
बुढीगंगा नगरपालिकाका मेयर दिपक बिक्रम शाहलाई ताल खुलाउने बारे बुुझ्न खोज्दा फोन अफ रहेको छ ।
प्रदेश सरकाले असार अन्तिम साता मात्र ताँप्रीसेरा घट्टेखोलामा तट्बन्धन निर्माणको लागि ५० लाख रकम पठाएको थियो । उक्त योजनाको नगरपालिकाले समझौता नगरी दिएको रकम फ्रीज हाल्ने खोजेको भन्दै स्थानियको आरोप रहेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्र प्रकाशबहादुर शाहको गृहनगरपालिका रहेको बुढीगंगा नगरपालिकामा ५० लाखको योजना हालेको खरब गरे । खबर पछि केही गाउका अगुवाले वडा कार्यालयलाई र उपभोक्तलाई खबर नगरी गुपचुपमा समिति गठन गरे थियो । गुपचुममा समिति गठन गरेको स्थानियले थाहा पाए पछि किन गुपचुपमा समिति गठन गरेको भन्दै झगडा भयो र पछि स्थानियको भेलाबाट वडा अध्यक्षको रोहोबरमा समिति गठन गरिएको बुढीगंगा नगरपालिका २ का वडा अध्यक्ष हिरालाल थापाले बताए ।
समिति बनाएर नगरपालिकामा सम्झौताको लागि सिफारिस दिएको तर नगरपालिकाले समझौता गर्न र प्राबिधिकले स्टमेट समेत बनाउन आनाकारी गरिरहेका गरेपछि नगरपालिकाको काम नै प्रभाबित हुने गरि ताला लगाउनुपरेको बुुढीगंगा नगरपालिका २ का वडा अध्यक्ष थापाले बताए । काम नगरी आफ्ना पाटीका कार्यकर्तालाई अप्रत्यक्षरुपमा बाड्ेको रकममा पछि गाउका सबैले बिकासका लागि आएको बजेट बिकास गर्नु पर्छ भनि काम गर्न खोज्दा काममा बाधा गर्न खोजी रकम फ्रिज गर्न खोजेको स्थानियको आरोप छ ।
त्यसै गरी बुढीगंगा नगरापलिका २ मा बन्ने गरी केन्द्रबाट आएको फोन पार्कको टेन्डरै ननिकालेर नगरपालिकाले रकम फ्रिज गर्न खोजेको पनि स्थानियले आरोप लगाएका थिए । यो आर्थिक बर्ष भित्र टेन्डर निकालेर काम गरिसक्नु पर्ने भएपनि टेन्डर नै ननिकालेर रकम फ्रीज गर्न खोजेको स्थानियको भनाई रहेको छ ।आईतबार दिउसो बसेको सर्बपक्ष बैठकले फोनपार्क निर्माणको लागि पाच दिन भित्र ठेक्का गरी सक्ने सहमति भएको स्थानियले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार