कुण्ठित भए सामाजिक जञ्जिरले गर्दा,
भन्छनन् दुःख पायौ हामी तक्दिरले गर्दा।
मलाई पनि रातै भरी निद्रा लाग्दैन किन,
सोचेर समाजिक अबस्थाको पिरले गर्दा।
अपराधीहरु नेता बनेर घुम्छन मेरो देशमा,
जनताले दिएको मत अनि अबिरले गर्दा।
यता घायल भएका रैछन् देशका सन्तान
बिदेशीको तिखो वाणी रुपी तिरले गर्दा।
सत्रुको जालमा परी छोरा मारेका रैछन्
बा आमा भन्छन छोरा पैरो भिरले गर्दा।
सुरेशकुमार पान्डे