• होमपेज
  • राजनीति
  • प्रदेश मन्त्रिपरिषद् समावेसी बनाउन रिट

प्रदेश मन्त्रिपरिषद् समावेसी बनाउन रिट

  • शुक्रबार, असार ११, २०७८
प्रदेश मन्त्रिपरिषद् समावेसी बनाउन रिट

धनुषा : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख डा. राजेश झाबाट गरिएको मन्त्रिपरिषद् विस्तार समावेशी नभएको जिकिर गर्दै उच्च अदालत जनकपुरधाममा रिट दर्ता भएको छ ।

उच्च अदालत जनकपुरमा दायर भएको रिट निवेदनमा प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रकुमार सिंहलाई विपक्षी बनाएर उत्प्रेषणयुक्त परमादेशलगायत अन्य आवश्यक र उपयुक्त आदेश जारी गरी पाउन भनि माग गरिएको छ ।

एडभोकेसी फोरमका प्रदेश २ संयोजक समेत रहेका अधिवक्ता राजकुमार महासेठ र अमित कुमार पण्डितले नेपालको संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन एवं सार्वजनिक सरोकारको रुपमा रहेको मौलिक हक समेतको कार्यान्वयनको लागि संविधानका विभिन्न धाराबमोजिम समावेशीताको पालना हुनुपर्ने जिकिर गरिएको छ । प्रदेशमा गत जेठ २६ गते मन्त्रिमण्डल हेरफर भएको थियो ।

नगरसभामा अवरोध
धनुषाको मिथिला नगरपालिकाको आठौं नगरसभाको क्रममा स्थानीयबासीले विरोध गरेका छन् । ढल्केवरमा नगरपालिकाको नगरसभा शुरु भएपछि स्थानीयबासीले आफ्ना माग सम्बोधन गराउन प्लेकार्ड र ब्यानरसहित नाराबाजी गर्दै कार्यक्रमस्थल पुगेका थिए ।

कार्यक्रमस्थल घेराउ भएपछि प्रमुख हरिनारायण महतो आवेशमा आउँदा स्थिति तनावग्रस्त भएको थियो ।

नेपाल सरकारले मिथिला नगरपालिकाको ढल्केवरलाई तोकेर ट्रमा सेन्टर निर्माणका लागि बजेट विनियोजन गरेको केही दिनपछि सो ट्रमा सेन्टर अन्यत्र सार्ने निर्णय गरेको खबर बाहिरिएपछि ढल्केवरबासी आन्दोलित भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार