शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • देश
  • अंशवण्डाको विवादमा बुवाको हत्या

अंशवण्डाको विवादमा बुवाको हत्या

  • शुक्रबार, असार ११, २०७८
अंशवण्डाको विवादमा बुवाको हत्या

धनुषामा अंशका लागि छोराले बुवाको हत्या गरेका छन् । धनुषाधाम नगरपालिका वडा नम्बर १ स्थित काशिपुरका ७० वर्षीय विशो यादवको उनकै छोरा कृष्ण यादवले हत्या गरेका हुन् ।

अंशवण्डाको विषयमा विवाद हुँदा कान्छो छोरा कृष्णले गएराति ओखलको बिँड प्रहार गरी बुवाको हत्या गरेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । बुवाको हत्या गर्ने कृष्णलाई पक्राउ गरिएको उनले बताए ।

मृतकको टाउकोमा दुई इञ्च घाउ देखिनुका साथै घाँटी समेत थिचिएको उनले बताइ । मृतक यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार