शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • नगरप्रमुखको कार्यकक्षमा वडाध्यक्ष द्धारा इन्जिनियरमाथि आक्रमण

नगरप्रमुखको कार्यकक्षमा वडाध्यक्ष द्धारा इन्जिनियरमाथि आक्रमण

  • शुक्रबार, असार ११, २०७८
नगरप्रमुखको कार्यकक्षमा वडाध्यक्ष द्धारा इन्जिनियरमाथि आक्रमण

सुर्खेत : सुर्खेतको पञ्चपुरी नगरपालिकामा कार्यरत इन्जिनियर माथि नगर प्रमुखको कार्यकक्षमा आक्रमण गरिएको छ । वडा नं. ४ का वडा अध्यक्ष प्रेम शाहीले ईन्जिनियर मोहन मल्लमाथि बुधबा साझ ५ बजेतिर नगरप्रमुखको कार्यकक्षमै हातपात गरेका हुन । वडा अध्यक्ष शाहीले आफ्नो फोन नउठाएको भन्दै आफुलाई आक्रमण गरेको इन्जिनियर मल्लले बताए ।

आर्थिक वर्षको अन्त्य भएकोले काममा व्यस्त भएको बेला नगरप्रमुखको कार्यकक्षमा बोलाई विना कारण हातपात गरिएको मल्लको भनाई छ । १५ पटक फोन गर्दापनि मेरो फोन किन नउठाएको ? साइटमा किन नआएको ? विल बनाउन ढिला गरेर जनतालाई किन दुख दिएको ? तैले मलाई नटेर्ने ? भनेर वडा अध्यक्षले भनेपछि तपाईको वडा मेरो कार्यक्षेत्र भित्र पर्दैन, मेरोमा तपाई फोन पनि आएको छैन भन्दा वडाध्यक्षले बढि बोल्छस् भनेर हातपात गरेको मल्लको भनाई छ । पहिलोपटक हातपात गरेपछि आफु बाहिर निस्केको र नगरप्रमुखले बोलाउनु हुन्छ भनेर भित्र बोलाई फेरी हातपात गरिएको मल्लले बताए ।

नगरपालिकामा २ जान इन्जिनियर भएकोले कार्यक्षेत्र विभाजन गरी गरेकोले वडा नम्बर ४ आफ्नो जिम्मा नभएको र वडाध्यक्षको फोन पनि आफुलाई नआएको मल्लको भनाई छ ।
आफुलाई हातपात हुँदा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत संगै भएपनि एक शब्द नबोलेको उनको भनाई छ । इििन्जनियर मल्लमाथि भएको उक्त हातपात प्रति पेशागत संगसंगठनहरुले आपत्ति जनाएका छन ।

चर्चामा

सम्बन्धित समाचार