सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामीकार्तिक खापर गाउँपालिकाको आठाैँ गाउँ सभा आजबाट सुरू

स्वामीकार्तिक खापर गाउँपालिकाको आठाैँ गाउँ सभा आजबाट सुरू

  • बिहिबार, असार १०, २०७८
स्वामीकार्तिक खापर गाउँपालिकाको आठाैँ गाउँ सभा आजबाट सुरू

बाजुरा — बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको आठाैँ गाउँ सभा आजबाट सुरु भएको छ । आगामी आर्थिक वर्षमा अंगिकार गर्दै , ६“ज“ को आधार भन्ने मुल नाराका साथ समृद्ध गाउँपालिका बनाउनका लागि उपयोग र व्यवस्थापन गर्ने नितीलाई निरन्तरता दिँदै आठौं गाउँसभा सुरु भएको हो ।

गाउँपालिकाको केन्द्र वाई सुइजिउलामा सञ्चालन भएको गाउँ सभामा जल, जंगल, जमिन, जडिबुटी, जनावर र जनशक्ति ६, “ज“ लाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम सार्वजनिक गरेको गाउँपालिकाले जनाएको छ । आज गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले आगामी आर्थिक वर्ष २०७८÷०७९ को निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको सुइजिउलाबाट उमेशजगं शाहीले बताएका छन । दिउँसो २ बजेबाट संचालन भएको गाउँसभाको पहिलो दिन निति तथा कार्यक्रम मात्र प्रस्तुत भएको र भोली आगामी आर्थिक बर्षको बजेट प्रस्तुत हुने लेखा अधिकृत दिलिप कुमार शाहीले बताए ।

आगामी आर्थिक वर्ष ७८÷०८९ का लागि स्वामीकार्तिक खापर गाउँपालिकाले अनुमानित ३७ करोड ५१ लाख ९० हजारको बजेट विनियोजन हुने उहाँले बताउनुभयो । वडा नंम्बर ५ का अध्यक्ष बिस्नु बहादुर शाहीको अध्यक्षतामा सञ्चालन भएको गाउँसभामा सम्पुर्ण वडाका अध्यक्ष, कार्यपालिकाका सदस्य, गाउँपालिका कर्मचारी, पत्रकार लगायत स्थानिय बुद्धिजीवीहरु लगायतको उपस्थित रहेको पत्रकार शाहीले जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार