हर्केको घरमा आज सबै गाउँलेहरु जुटेका थिए।फुर्शेको छैठी भएकोले टाडा टाडा बाट पनि पाहुनाहरु आएका थिए।हर्कबढाईले पुरै गाउँनै भरिलो भएको थियो।हर्के र रीमाको यो पहिलो शन्तानको रुपमा जन्मिएको छोरा उनिहरुको बिवहा को कयौँ बर्ष पछि भएको थियो ,त्यसैले पनि हर्कबढाई थियो।
हर्केले र रीमाले मिहेनत मज्दुरी गरेर जीवन निर्वाह गर्थे अब झन छोरा जन्मिएपछि उनिहरुको खर्च पनि बढेकोछ।गाउँमा एउटा चारपाखे एकतले घर त्यो ढुङ्गा र माटोको घर भएपनि छानोमा टिन लगाएका थिए।त्यो दुबैको रहरले हो पैसा भएर टिन लगाएको त होईन।हर्केले धेरै सोचबिचार गरेर अलि कति रिन पैसा काडेर टिन लगाएको थियो।सुस्त-सुस्त कमाई गर्दै त्यो रिन चुक्ता गरिसकेको थ्यो।अहिले फेरी छोरा जन्मिएपछिको खुसिले गर्दा केही हजार रिन लाग्यो।तर यो चिन्ता थिएन चिन्ता थियो त छोराको भबिस्यको थियो।बिस्तारै दिन बित्दै गयो छोरालाई एउटा प्राईबेट स्कुलमा भर्ना गरेर पढाउँन थाल्यो।हर्के र रिमाले सल्हा गरेर अरु बच्चाहरु न जन्माउँने निधो गरे।त्यही एउटा बच्चालाई हुर्काउँने र त्यसको राम्रो प्रवरिश गर्ने निर्णय गरे।
उनिहरु दुबैजनाले मिहेनत गरेर त्यो बच्चालाई सहरमा राम्रो स्कुलमा दाखला दिलाए।फुर्शेले पढाईमा सदै फस्टहुँने गर्थ्यो,यो देखेर हर्के धेरै खुसि थियो।छोराले जे भने पनि त्यो जसरी भयपनि हर्केले ल्याई दिन्थ्यो।
एकदीन छोराको जनम दीनमा हर्केले एउटा साईकिल किन्यो।साईकिल पाएपछि फुर्शेको खुसिको ठेकान थिएन त्यो साईकिल लाई चुमेर अँगालो हल्यो अनि आफ्नो बाबाको अंगालोमा सिम्टियो।यसरी उनिहरुको खुसिको ठेकान हुँदैनथ्यो।बिस्तारै छोराले एस एलसी पनि टाप गय्रो अब त रिमा र हर्केको खुसि आसमानमा थियो।यति धेरै खुसि हुन्थे आखिर यही एउटा छोरा त थियो बृद्धाअबस्थाको सहारा यि दुबैको।फुर्शेलाई लिएर दिनौदिन हर्केले धेरै गहिरा सपनाहरु देख्थ्यो।
फुर्शेको बा!हजूरले कता बाट पैसा ल्याउँनुहुन्छ?फुर्शेको जीद पुरागर्न!रिमाले गम्भिर भएर सोधेकिथिईन!कमाई गर्छुनी त्यही पैसा त हो!भन्दै लाप्रबाही सँग उत्तर दिएर हिँड्यो।तर रिमालाई हर्केको उत्तर बाट सन्तुष्ट भएन।उस्को मनमा कता-कता अलि चिसो पसेकै थियो।किन कि जति हर्केले छोराको लागि खर्च गर्दै थियो त्यति उसको कमाई थिएन।साहिद रिमालाई नबताएर उस्ले कतै पहिले देखि रकम जम्मा गरेको हुनुपर्छ।बाबा मेरो स्कुलका बिध्यार्थिहरु टुरमा जाँदैछन म पनि जान्छु है!फुर्शेले कोमल भावमा भन्छ!छोराको यो प्रश्नको उत्तर दिनुपुर्व एकछिन छोरा तिर नियालछ आज हर्के अलि गम्भिर लाग्थ्यो!हौश तर कति खर्च लाग्छ?फुर्शे सँग सोध्यो।दुईहजार दिए पुग्छ!फुर्शेको उत्तरले हर्के झसिङ्गिदै हँ.हँ.कति?बाबा दुई हजार मात्रै लाग्छ!फुर्शेले फेरी भन्यो!यह हो हौश म दिउँला!भन्दै हर्के घर बाट निस्किन्छ।उ सँग एक आना पनि थिएन उ
धेरै ब्यक्तिहरु सँग माग्दा पनि त्यो रकम जुटाउँन सक्दैन अनि कुनै उपाए नलाएपछि एउटा अस्पत्तालमा गएर रगत बेच्छ।तरपनि उस्लाई पैसा अपुग हन्छ।दुई हजार रुपियाको लागि उस्लाई अरु कसैको भारि बोक्नु पर्छ।जसरी तसरी त्यो पैसा पुरागरेर तिन दिनपछि घर पुग्छ भोलि पल्ट स्कुलमा जम्मा गराउँनु थियो।त्यो पाएपछि छोरा अति खुसि हुन्छ।फुर्शेलाई खुसि भएको देखेपछि आफ्नो सबै दुःख बिर्शिने हर्के आज अलि उदाश थियो।छोरा जाउ तिम्रो खुसिमै मेरोपनि खुसिछ भन्दै छोरालाई बिदा गर्छ।
टुरमा गएको बस फर्किदा दुर्घट्ना हुन्छ त्यो दुर्घट्नाले फुर्शेका दुबै आँखाहरु डैमेज हुन्छन।उस्ले अब आखा देख्दैन अनि अस्पत्तालको बेठमा मुर्छा परेर पल्टेको हुन्छ।रिमा र हर्के रोएर बेहाल हुन्छन।डाकट्र साहिब मेरो छोराको भबिष्य अन्धकार भयो केही हुनसक्छ?हुनसक्छ कसैले आँखा दिए पछि यस्को उद्धार हुनसक्छ!डाक्ट्रले भन्छन।स्कुलको तर्फ बाट आखा कसैले दिए अप्रेशकनको खर्च मिलाउँने आस्वासन दिएको थियो।
रिमा यस्तो के भयो?भन्दै रिमाको कपालमा हात फेर्दै हर्के रुन्छ,रिमा पहिलिदेखि रोईरहेकि थिईन।हाम्रो यो छोरालाई जसरी भयपनि आँखाको अप्रेशन गराउँनुपर्छ हामिले हाम्रो बुढापाको सहारा त यहिनैहो!भन्दै रिमा हर्केको कन्नामा अडेश लाग्छे।हर्के निशब्द थियो उस्ले कुनै उत्तर नदिएर त्यँहा बाट उठेर जान्छ!के मैले आफ्नो छोरालाई आखा दिन मिल्छ? डाक्टरलाई सोध्छ।मिल्छ तर तिम्रो यो सारा भबिस्यछ कसरी बिताउँछौ?डाक्ट्रले सोध्छन।हामि त अब बुढा बुढी भैहाल्यौँ आखिर यो छोराको साराजीवनछ!डाक्टर साहिब मेरो कुरा नटालौँ छोरालाई मैले आखा दिन्छु।आखिर हाम्रो सहारा पनि त यहिनैहो!
यति भनेर त्यो स्कुलको प्रशासन हुनि जान्छ!अब अप्रेसनको तैयारी गर्छन रिमालाई थाहा नदिई आफ्नो छोरालाई आफ्ना दुबै आँखा दिन्छ।
केही दिनमै छोरा फुर्शे उस्तै पहिलेको जस्तै हुन्छ तर हर्केको आँखा हुँदैन।अब रिमाले एक्लै मज्दुरी गरेर छोराको र आफुहरुको खर्च चलाएकी छन।उन्लाई थाहा थियो हर्केले आफ्ना आखा छोरालाई दिएकोछ।
एक दिन फुर्शेले कलेजमा आफु सँगै पढ्ने केटी सँग बिहे गर्छ।उनिहरु अलि हुनेखाने थिए सो छोरीलाई आफ्नै घरमा बस्न भन्छन।फुर्शेले आमा बा लाई उतै आफ्नो घरमा जान भन्छ।उनिहरु पनि राजि त हुन्छन तर भित्रभित्रै अलि अपठ्यारो महेशुर्ष हुन्छ।तर के गर्नु आफ्नो अब सहारा यहि छोरा बाहेक को छर!
केहि दिन रिमा र हर्के छोरा फुर्शेको घरमा जान्छन त्यो घर ससुरालिको थियो।फुर्शे तिमिले आफ्ना आमा बालाई उतै बस्न दिएको भए हुन्थ्यो नि यँहा सबैले सोध्छन यो अन्धा को हो भनेर!झर्नाले फुर्शे सँग भन्छे।फुर्शे केही बोल्दैन।त्यो बुहारीले भनेको कुरा रिमा र हर्केले सुनि सकेका थिए।उनिहरुको आँग जिरिङ्ग भयो तर के गर्न सक्थे।आमा यँही उभ्भिनु भएको थियो?फुर्शेले आमालाई नजिकै देखेर पर्दा सर्काउँदै भन्छ। हो बाबु म गलतिले यँहा पुगेछु नत्र मेरा कानले आफ्नो श्रीमानलाई अन्धो भनेको सुन्ने थिएन!रिमाले भन्छिन।ओहो आमा पनि झरनाले ठिकै त भनिन अन्धालाई अन्धा नभनेर के भन्ने त भन्नुसन?फुर्शेको कुराले रिमाको आँखा छचल्किए उ रोक्न सकिन।छोरा आजको दिनका लागि त हामीले हुर्काएका हौँ ।तिमिलापई भन्दै!फुर्शेका बुबा हिँड्नुस अब यो घरमा अन्धा र बृद्धाको लागि ठाउँछैन।भन्दै हर्केको हात छोपेर गेट बाट भाईर निस्किन्छिन।फुर्शे र झरना मनैमन मुस्कुराएका हुन्छन।