• होमपेज
  • कला /साहित्य
  • कसरी बन्छ देश बिदेशीकै अधिन भएपछि

कसरी बन्छ देश बिदेशीकै अधिन भएपछि

  • बुधबार, असार ९, २०७८
कसरी बन्छ देश बिदेशीकै अधिन भएपछि

आफ्नो शन्तान यसरी देश बिहिन भएपछि,
कसरी बन्छ देश बिदेशीकै अधिन भएपछि।

मर्दाको मलामे बिहेगर्दाको जन्तिछैन देशमा,
कसरी बलियो हुन्छ देश युवा बिन भएपछि।

भन्छन समाजवादी ब्यबस्था ल्याउँछौ हामि,
असम्भबहुन्छ बुजुर्वा बिचारनै मिन भएपछि।

नेताले पार्टीलाई सर्वहाराकरण गर्न भने पनि,
कसरी हुन्थ्यो उ आफै पुँजीमै लिन भएपछि।

यो देशलाई कुन बाटोमा डोराउँने हुन यिनले,
बिदेशी को हालि मोहाली रातो दीन भएपछि।

सेतेले त भन्दै आएकोछ देशनै फिजि बन्नेछ,
नागरीकता यदी खोकलो एकछिन भएपछि।

चर्चामा

सम्बन्धित समाचार