जब मैले घर छाडे गाउँछाडे आँखाभरी आँशु थियो,
मनममा केथियो के,आँखामा बर्षेझरी आँसशु थियो।
कसैले सोद्थे काँ जान्छौ भनी बाटोमा हिँड्दा जब,
जवाफ मा दुई आँखा बाट बग्ने धरधरी आँशु थियो।
त्यो दीनलाई सम्झिदा झसिङ्ग हुन्छ आजपनि आफु,
जनम ठाउँ छाडि जब पुगियो सिमापरी आँशु थियो।
भन्नेलाई सजिलै हुन्छ पढ्ने बेलामा किन भयु लाहुरे
गरिबी र बेसहराले गर्दा बगाउँने घरीघरी आँशु थियो।
हो जीवनमा आँशु पसिना बेहिशाब बगाए मैले पनि,
सपनिमा पनि बगेको यही बर्षेभेल सरी आँशु थियो।
नढाँटी भन्छु किसोर अबस्था सम्मका दीन यस्तै बिते,
आफ्नो साथमा घनिष्ट मित्र भन्नु सदैभरी आशु थियो।