• होमपेज
  • मनोरञ्जन
  • दाङ्गबाट सोफिया मल्ल ठकुरीले लेखिन् मोडेल सोनिका रोकायालाई मनछुने चिठी

दाङ्गबाट सोफिया मल्ल ठकुरीले लेखिन् मोडेल सोनिका रोकायालाई मनछुने चिठी

  • मङ्लबार, असार ८, २०७८
दाङ्गबाट सोफिया मल्ल ठकुरीले लेखिन् मोडेल सोनिका रोकायालाई मनछुने चिठी

प्रिय दिदी नमस्कार,
तपाईसँग भेटघाट त परै जावस
शुभ खबर नपाउँदा
मन त्यसै बयलिएर आउँछ,
तपाईले समयलाई पर्खिदैहुनुहुन्छ या
समयले तपाईलाई कुर्दैछ ?
खै कसरी बुझौं म
समयले तपाईलाई
जहिले अल्झाउँछ,
तर तपाईले
समयलाई पर्खाउन
सक्नुहुन्न।

आज भोली को यो लगातार बर्षाका कारण तपाईको गाउँघरमा ईन्टरनेट साहेद नहोला,त्यही कारणले पनि मैले तपाईको युटुव च्यानल The Sonica Show मा भिडियो हेर्ने नपाएर तपाईलाई म रातीको १ बजेतिर गहिराई तरिकिले सम्झिँदै यो मेरो मनको चिठी कोर्न बाध्य भए,अन्यथा नलिनु होला दिदी।

दिदी हजुरलाई म पलपल धेरै सम्झेको हुन्छु,मैले लेखेको यो चिठी हजुरसामु पुगेर, हजुरले मेरो लागी एकचोटी समय दिएर भएपनि यो मैले लेखेको चिठी हजुरले तन,मन लगाएर पढुनुहुन्छ भन्ने मलाई पूर्ण आशा छ।

हरेक ठाउँका लुकीछिपी, कुना कन्धरामा रहेका रमाईला ठाउँहरु, म हजुरको युटुव च्यानलमा हेर्न पाउँदा म धेरै खुसी भएको छु। साहेद म हजुरलाई एकचोटी अवश्य पनि भेट गर्नेछु। हो त्यही दिनको प्रतिक्षा म कुरिरहेको छु।

दिदी हजुरका लाखौँ करोडौँ फ्यान होलान तर त्यो मा पनि म एउटा तपाईको खास बहिनीको नाताले तपाईको त्यो मनमा बाँधिएको छु। यो मन कहिले तपाईलाइ भेटौँला भनेर गुनगुनाएको छ, र यो मेरो मनलाई म आफै प्रश्न गरेर आफै त्यही प्रश्नको उत्तर मेरो मनमा रचेको हुन्छु। हो त्यही माया-प्रेम को अँगालोमा तपाईसँग म टाढा भएपनि मायामा बाँधिएको छु। यो चिठीबाट तपाईसँग मीठो भलाकुसाली गर्ने मौका पाए दिदी।

धरपरिवार सहिद तपाईलाई पनि सन्चै होला भन्ने भगवान् सँग दुई हात जोडी प्राथाना गरेको छु। अन्तिममा तपाई लगायत तपाईको धर परिवारलाई धेरै धेरै सम्झेको छु।

उही तपाईलाई माया गर्ने प्यारी बहिनी
सोफिया मल्ल ठकुरी
दाङ्ग घोराही

चर्चामा

सम्बन्धित समाचार