हो रित्तो झोला आँखा भरी सपना थिए!
परदेश लाग्दा मनमा कयौँ योजना दिए।
कलिलैमा अञ्जान सहरमा पुगे पछि त,
अगाडी गास न बास नकोई चाहना थिए।
जगमग बिजुली भएपनि अंध्यारो थियो,
सम्झनामा मात्र आफ्नो घर सासना थिए।
दुखःका कथा ब्याथा कसरी सुनाउ मैले,
बिदेशी को अपमान आफ्ना गहना थिए।
उसैले तोकेको ज्याला र दिएको कामले,
मेरोलागि त्यही जीवनका साधना थिए।
पाईलै पछिको ठक्करले बाटो देखाउँदा,
मेरा गुरु त तिनै बिदेशीका यातना थिए।
सुरेशकुमार पान्डे।