गरिबको लागि त झोपडी नै दरबार हुन्छ,
हो त्यसैमा सदै उस्को आघात प्यार हुन्छ।
बर्षामा जता ततै बटुका थाल थाप्नु परे नि,
जीवन गुजार्ने त्यहि मात्रै त आधार हुन्छ।
हो लगाईदिन्छ दुष्टले त्यसैमा पनि आगो,
बुझ्दै जाँदा उसको साथिनै सरकार हुन्छ।
देश छोडि परदेश गएपनि पेट सँगै जाँदा,
समस्या ले सधै भरी उस्तै दिकदार हुन्छ।
भन सरकार केहित भन्देउ हामिहरु लाई,
गरिब सँग नै सदै किन यो ब्यबहार हुन्छ।
लेखेर राखेहुन्छ यो चाला रहिरहन्छ भने,
एक दिन बर्ग शंघर्ष समेत आरपार हन्छ।
सुरेशकुमार पान्डे।