मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • खोलाले बगाउदा दुइ जना बेपत्ता, एक घर भत्कियो राजमार्ग अबरुद्ध

खोलाले बगाउदा दुइ जना बेपत्ता, एक घर भत्कियो राजमार्ग अबरुद्ध

बाजुरामा बाढी पहिरोका कहर

  • सोमवार, जेष्ठ ३१, २०७८
खोलाले बगाउदा दुइ जना बेपत्ता, एक घर भत्कियो राजमार्ग अबरुद्ध

पदमबहादुर सिंह– आईतबार देखि लगातार परेको बर्षाका कारण बाजुरा ठुलो क्षेति भएको छ । बुढीनन्दा नगरपालिका ३ मा एक महिलालाई खोलाले बगाउदा बेपत्ता भएकी छन् । बेपत्ता हुुनेमा सोही नगरपालिका ३ का मनबहादुर ल्वारकी ३५ वर्षीया श्रीमती मोतीकला ल्वार रहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता तथा प्रहरी निरिक्षक धनदेब साउँदले जानकारी दिएका छन । साेमबार बिहान धानको बेर्ना गोढ्न जानेक्रमा चिप्लिएर बड्डी गाड खोलाले बगाएपछि मोतीकला बेपत्ता भएकी हुन । बेपत्ता महिलाको खोजी कार्य भईरहको प्रहरी निरिक्षक साउदले बताएका छन् ।
त्यसै गरि त्रिबेणी नगरपालिका ५ कम्नी खाेलामा  १२ बर्षीया बालक बेपत्ता भएका छन्, लगाताको बर्षाका कारण गाउँ नजिकैको भल खोला उर्लेर आएपछि गाउँका बच्चा हेर्न जानेक्रममा घुुर्या बुढाका १२ बर्षिया छोरा कमल बुढा बेपत्ता भएको त्रिबेणी नगरपालिका प्रबक्ता प्रेम थापाले जानकारी दिएका छन ।
लगातारको पानीले घटना स्थलमा टेलिफोन समेत नलाग्ने भएकोले घटनाकोबारेमा थप जानकारी आएको छैन । घटना स्थलमा प्रहरी टोली गएको छ । टेलिफोन अबरुद्धका कारण प्रहरी टोलीसमेत सम्पर्कमा नगरको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बुढीनन्दा नगरपालिका ८ मा एक घर भत्किएको छ । स्थानिय खेमराज कठाएतको घर छानो भत्किएको प्रहरीले जानकारी दिएको छ । घर भत्किएको तर अन्य मानबीय क्षेत्र नभएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता धनदेब साउँदले जानकारी दिएको छ । घटना स्थलमा प्रहरी पुगि सकेको र पीडित परिवारलाई नजिकै आफन्तकोमा ब्यबस्थापन गरिएको प्रहरीले जानकारी दिएको छ ।
लगातारको बर्षाका कारण बाजुरा जिल्ला सदरमुुकाम जोड्ने मुुख्य राजमार्ग साफे मार्तडी राजमार्ग अबरुद्ध भएको छ । राजमार्ग अन्र्तगत बार्जुगाडी, ताँप्रीसेरा, बल्दे, द्धारी, तिपाडा लगाएत दर्जनौ ठाउहरुमा सडकको माथिबाट र तलबाट पहिरो आएपछि राजमार्ग अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धनदेब साउँदले जानकारी दिएका छन् । अधिल्लो बर्ष देखी नै पहिरोले अबरुद्ध भएको सडक हिउनका केहि महिना पहिरो पन्छाएर काम चलाउरुपमा संचालन गरिएका सडक बर्षा सुरु भएसंगै अबरुद्ध भएको छ ।
बार्जुगाडा सडक माथिबाट पहिरो गएको छ, ताप्रीसेरामा बुढीगंगा नदिले सडक बगाएर सडक भएको ठाउमा नदि बग्न थालेको छ । सडकमा नदि बग्न थालेपछि पदैल यात्रीलाई समेत एक घण्टाको उकालो चढेर पैदल यात्रा गर्ने गरेका छन् । लगातार पानी परिरहेकोले सडक तत्काल खोल्न पनि गाह्रो भएकोले पानी रोकीए पछि मात्र बाट खोल्नेबारे सोच्न सकीएन सडक डिभिजनले जानकारी दिएको छ ।
त्यस्तै बाजुरा जिल्लाको पूूर्बी उत्तरी क्षेत्र जोड्ने कार्तडी कोल्टि सडक अबरुद्ध भएको छ । लगातारको पानीले बाउली, अनाई, दानसागुलगाएतका खोलाहरुमा पानीको बहाव बढेको र सडक डबल कटिङ भईरहेकोले सडक ठाउ ठाउमा भासिएकोले सडक अबरुद्ध भएको छ । सडक अबरुद्ध हुदा जिल्ला सदरमुकाम तथा जिल्ला बाहिर जान समेत स्थानियलाई समस्या भएको छ ।

चर्चामा

सम्बन्धित समाचार