मङ्लबार, असार १, २०७८
  • होमपेज
  • समाचार
  • प्रहरी भ्यानको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

प्रहरी भ्यानको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

  • शुक्रबार, जेष्ठ २८, २०७८
प्रहरी भ्यानको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

घोराही — प्रहरीको भ्यानले ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।बिहीबार राति ११ः५५ बजे प्रहरीको भ्यानको  ठक्करबाट अन्दाजी २५ बर्षका युवकको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका २ लालमटियामा प्रहरीको लु.अ.अ.च ५३३४ नम्बरको प्रहरीको नयाँ भ्यानले ठक्कर दिँदा विपरित दिशातिर गइरहेको भे १ प ८४२२ नम्बरको मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रशाद रिजालका अनुसार प्रहरीको उक्त गाडी काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँकेतर्फ लैजाँदै गरेको अवस्थामा उक्त दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुवन भट्टले मृतकको पहिचान भइ नसकेको प्रहरीले जनाएको छ ।

उनले मृतक पुरुष अन्दाजी २५ बर्ष जतिको रहेको अनुमान गरे । मोटरसाईकल प्रहरीको गाडीको ढोका पछाडि ठोक्किँदा उछिट्टिएर बिद्युत पोलमा मृतकको टाउको ठोक्किएको जानकारी दिए । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार