शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • बँदेललाई थापेको पासोमा परी पुरुषको मृत्यु

बँदेललाई थापेको पासोमा परी पुरुषको मृत्यु

  • शुक्रबार, जेष्ठ २८, २०७८
बँदेललाई थापेको पासोमा परी पुरुषको मृत्यु

जंगली बँदेललाई थापेको विद्युतीय धरापमा पर्दा उदयपुरका एकजनाको ज्यान गएको छ । जंगली बँदेलले खेतबारीको मकै धमाधम नष्ट गर्न थालेपछि बँदेल तर्साउन थापेको विद्युतीय धरापमा परी बिहीबार त्रियुगा नगरपालिका ९ राजाबासका ५४ वर्षीय जगदिश पोखरेलको ज्यान गएको हो ।

बुधबार राति आफ्नै मकैबारीमा विच्छ्याएको विद्युतीय धराप बिहान निकाल्न जाँदा करेन्ट लागि घाइते भएका पोखरेलको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टम पछि आफन्तलाई बुझाइ घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार