बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • निर्धन उत्थान लघु बित्त बित्तिय सँस्था लिमिटेडद्धारा स्वास्थ्य सामाग्री वितरण

निर्धन उत्थान लघु बित्त बित्तिय सँस्था लिमिटेडद्धारा स्वास्थ्य सामाग्री वितरण

  • बिहिबार, जेष्ठ २७, २०७८
निर्धन उत्थान लघु बित्त बित्तिय सँस्था लिमिटेडद्धारा स्वास्थ्य सामाग्री वितरण

बाजुरा — निर्धन उत्थान लघु बित्त बित्तिय सँस्था लिमिटेड साखा कार्यालय बाजुराले आफ्ना ग्राहक सदस्यलाई कोरोना भाइरस जोखिम कम होस भन्ने उदेस्यले स्वास्थ्य साम्रगी बितरण गरेको छ । बित्तिय संस्थाले स्वास्थ्य सामाग्री स्वरुप माक्स सेनिटाइजर साबुन लगाएतका सामाग्री वितरण गरेको लघु बित्तिय संस्थाले जनाएको छ ।
संस्थामा आवद्ध भएका महिला समुह मार्फत १ हजार २ दुई ५० जना सदस्यहरुलाई स्वास्थ्य सामाग्रीहरु माक्स सेनिटाइजर सावुन गरि ६८ हजार बराबरको सामान स्वास्थ्य सामाग्री वितरण गरिएको संस्थाका कर्मचारी प्रबिन रोकायाले बताएका छन । निर्धन उत्थान लघु बित्त बित्तिय सँस्था लिमिटेड साखा कार्यालय बाजुराले कोरोना भाइरस बाट आफु बचौँ र अरुलाई बचाऔँ भन्ने उदेस्यका साथ स्वास्थ्य सामाग्री वितरण गरेको रोकायाले बताएका छन ।
यस्तो बिषम परिस्थितीमा समेत कर्मचारीहरु गाउ घरमै पुगेर कोरोना बाट बँच्नका लागि जनचेतना मुलक जानकारी सहित स्वास्थ्य सामाग्री प्रदान गरेका उनले बताए । लघु बित्तिय संस्थाका ग्राहक सदस्यहरुले संस्था प्रति ग्राहकहरु धन्यवाद दिएको सँस्थाका कर्मचारी प्रविन बहादुर रोकायाले बताए ।
संस्थाले आर्थिक कारोबारका साथ साथै सामाजिक उत्तरदायित्व अन्र्तगतका विभिन्न कार्यक्रमहरु सँचालन गर्दै आएको ग्राहक सदस्यका छोरा छोरीलाई छात्र बृत्ति, दैविक विपत्तीमा परेका सम्पुणर् सदस्यलाई राहत वितरणका साथै सुत्केरी पोषण भत्ता, लगाएतका स्वास्थ्य सामाग्री वितरण गरेको जिल्ला निर्धन उत्थान लघु बित्त बित्तिय सँस्था लिमिटेड साखा कार्यलय बाजुराले जनाएको छ ।
सम्पुणर् सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यक्रमहरु संचालन गर्दै आएकोमा संस्थाले देशका विभिन्न स्थानमा रहेका १ सय ८१ शाखा कार्यलय मार्फत आफ्ना ग्राहक सदस्यलाई कोरोना भाईरसको जोखिम न्युनिकरणको लागि स्वास्थ्य सामाग्री प्रदान गरेको जनाएको छ ।
कोरोना भाईरस जोखिम न्युनिकरणका कार्यक्रम अन्र्तगत यस शाखाले पनि स्वास्थ्य सामाग्री वितरण कार्यक्रम गरेको शाखा कार्यलय मार्तडी बाजुराका शाखा प्रमुख श्री हरिबोल भट्टाईले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार