शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश १
  • झापामा करेन्ट लागेर तीन वर्षीय बालकको मृत्यु

झापामा करेन्ट लागेर तीन वर्षीय बालकको मृत्यु

  • बुधबार, जेष्ठ २६, २०७८
झापामा करेन्ट लागेर तीन वर्षीय बालकको मृत्यु

विर्तामोड नगरपालिका–१० ठुटेबर चोकमा आज बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गुरुङको बन्दै गरेको घरमा पानी तान्ने मोटरमा रहेको नाङ्गो तार छुन पुग्दा बालकलाई करेन्ट लागेको थियो । घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

छ दिनअघि मात्र कचनकवल गाउँपालिका–६ का ४० वर्षीय डोलु आलम मियाको पानी खाने क्रममा पानी तान्ने मोटरबाट नै करेन्ट लागि मृत्यु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार