• होमपेज
  • कला /साहित्य
  • आफ्नो बर्ग भित्र पनि सदै धुनधान हुन्छ,

आफ्नो बर्ग भित्र पनि सदै धुनधान हुन्छ,

  • बुधबार, जेष्ठ २६, २०७८
आफ्नो बर्ग भित्र पनि सदै धुनधान हुन्छ,

आफ्नो बर्ग भित्र पनि सदै धुनधान हुन्छ,
एक आर्का माथि गर्ने बिचार हैवान हुन्छ।

भन कसरि जीत हुँनसक्छ गरिबको यँहा,
जब सम्म आफैमा लुकेको वे-मान हुन्छ।

बुझ्दैनन भाई लडे गवार लुटे भन्ने गर्दा नी,
हाम्रै बिचमा तमाम पुष्टि यिनै उखान हुन्छ।

फुटाउँन त ठुलो प्रयाश गर्छन दुश्मनहरुले,
हाम्रो फुटमै लुकेको उनिहरुको परान हुन्छ।

कसै सँग दया र मायाँको आशा नगर्दा हुँने,
पुँजीवाद भित्र मानिश आफै बे-जान हुन्छ।

यो संसार लाई सिगार्ने वीरहरु अहिले पनि,
सबै गर्छ तर राजनीतिमा उस्तै नादान हुन्छ।

चर्चामा

सम्बन्धित समाचार