मज्बुत ज्यु डाल शुन्दर रुप लामु कद गहुँ गोरो बण करिब २५/२६बर्षको नौजवानले मेरै कम्पनिमा काम गर्थ्यो।केही बर्ष पहिले अस्थाई रुपमा काम पाएपछि उसले गत बर्ष बिबहा पनि गय्रो।त्यो कम्पनिमा लाग्नेबेला अति सोजो मिलन सार हँसमुख थियो तर बिस्तारै त्यसमा अलि मरोड भने आउँन थाल्यो। त्यो बलियो पनि थियो काम पनि ड्राईबरीमा हैवी लैशन्स पाएको केटो।घरमा खासै कमि थिएन परिवारको भने एउटै छोरा मात्रै भन्थे।राम्रो घरमा बिबहागरे पछि एउटी शुन्दर छोरी जन्मिएकि थिई।उस्ले मेरो छोरानै जम्मिन्छ भनेर खुब जिद गर्थ्यो तर छोरी जन्मिएपछि पनि त्यस्तो खुसि नभयको कुरा त गरेन।छोरो छोरी बराबरनै हो भनेर भन्थ्यो।
केही दिन पछि ओफिसको बोसले भने उस्को खिलाफ एफ आई आर दर्ता गराएको थियो।उस्ले कष्टमर सँग मिलेर कम्पनिलाई नोक्सान पुराएको आरोप लाएर उस्लाई कम्पनि बाट हटायो।तर युनियनको दवामा पछि राख्छु त भन्यो तर पनि काम दिन बाँकीनै थियो।गिरफ्तार भने भैन,त्यही द्वौरान म आफ्नो नीजि कामले छुट्टी गए।
मेरो नीजि काम परेकोले म एक मैनको छुट्टि गए त्यसपछि त्यो युवा सँग मेरो भेट त भयन फोन बार्ता पनि भयन।म करिब साडे एकमैना पछि पुनः काममा आई पुग्दा कसैले मेरो कानमा भन्यो त्यो केटाले बिष खाएर उस्लाई अस्पत्ताल पुराएकाछन।आजै मैले मनैमनमा सोँचे आखिर त्यो केटाले बिष किन खाएहोला?कहिँ बोशले नोकरीमा नराखेर त होईन?मनमा अनेक खयाल आए। कतै अभेद सम्बन्धपो थियो कि त्यो केटीहरु आउँने जानेक्रममा कोखे दृष्टिले हेर्ने गर्दथ्यो।उस्लाई कयौँ पल्ट मैलेपनि आफ्नो बानि बेलैमा सुधार भन्ने गर्थेँ।
बताउँनेमान्छे ले पनि कारण बताएन।उस्लाई पनि थाहा नभयको हुँनसक्छ।उनिहरु स्टापका धेरै भयर हाँसो ठट्टा गर्दै थिए।कसैले बिष खाएर पनि मरेन,भन्थे त कसैले प्रति उत्तरमा हिँजो आज त बिष पनि नक्लि आएकोछ भन्थे।अनि गिलिलि गर्दै हाँस्थे तर मेरो मनमा त्यो केटाले किन आत्महत्या गरेहोला?त्यो सोँचले घर जमाएको थियो।त्यो केटा
होष्पिटलमा एड्मेट थियो।स्टापका कुनै पनि भेट गर्न गएनन।आज म आफिसको बाहीर एउटा बृक्षको आस्न कुर्सिमा बसेकै थिएँ एकजना जेपी नाम गरेको मेरै आफिसमा काम गर्ने मेरो नजिक आयो।नजीकै उभिएर त्यो केटा मरेको खबर सुनायो।मैले धेरै दुःख महेशुर्ष गर्दै अपसोस जाहेर गरेँ।
गलत कामको गलत नतिजा त्यो त मर्नुनै थियो जेपीले भन्यो।
आखिर किन मरेको रैछ त?मैले जेपी सँग प्रश्न गरेँ।त्यो कतै आर्को महिला सँग लागेको रैछ!जेपी मेरो अंझै नजिक आएर
भन्यो।कसै सँग उस्को आफेर रैछ अनि त्यो उस्को स्वस्निले देखेपछि घरमा झग्डा भयो त्यसपछि उस्ले यो पाईला चालेको उस्ले म सँग बतायो।
उस्ले भर्खरै ससुरालि सँग पैसालिएर एउटा गाडि पनि किनेको थियो।अब त्यो त मरिहाल्यो तर दुईटा अरु घरपनि बर्वाद गरेर गयो।एउटा त्यो महिलाको जो सँग उस्को आफेर थियो उ पनि बिबाहित थिई।आर्को आफ्नै स्वास्नि जो भर्खर बैँस आएको छ। काखमा एउटा छे मैनाको छोरी छ।भोली त्यो ठुलि भएर आफ्नो बुबाको बारेमा सोध्ली अनि त्सपछि उस्लाई आफ्नो बाबाको बारेमा कस्तो महेशुर्ष होला!
क्षाणिक स्वार्थमा परेर त्यो केटाले दुईटा शुन्दर परिवारलाई नर्कमा ढेकल्यो।अबेध सम्बन्धले गर्दा यो दुरगति अपनायो।
ति आमा जस्ले उस्लाई हुर्काएकि थिईन आज उन्को छोरा त गुम्यो गाउँमा सबैले एउटा खराब छोराकी आमा भन्दै आँखा छलेर हिँड्छन।गलत कामको गलत नतिजा भनेको एसैलाई हो।मानिश बिहे भयपछि जिम्मेवारी त बढेकै हुँन्छ आफुलाई पाको बनाउँनु पर्छ।तर जेहौश आत्माहत्या पनि त हल हुँदैन अरूपनि हल हुँन सक्थ्यो होला!भन्दै मनमनै यो छोटो लघुकथा कोर्दैछुँ।