बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • समाचार
  • मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

  • मङ्लबार, जेष्ठ २५, २०७८
मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिने भएका छन्। देशमा जारी राजनीतिक संकट र प्रदेश सभाभित्रैबाट उनको राजीनामा माग गरिन थालिएपछि मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन्। प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीका अनुसार आज बिहान ९ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिने कार्यतालिका रहेको छ। मुख्यमन्त्रीले प्रदेशसभामा पेश गरेको विश्वासको प्रस्तावको पक्ष, विपक्ष र तटस्थ बस्ने प्रदेशसभा सदस्यका लागि समेत छुट्टाछुट्टै मत खसाल्ने व्यवस्था गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकार नेकपा माओवादी र नेकपा एमालेको संयुक्त गठबन्धनको सरकार हो। तर नेकपा एमालेभित्रको ओली समूह प्रदेश सरकारको विरोधमा रहेको छ। नेकपा एमाले माधव समूहको समर्थन रहेकाले मुख्यमन्त्री भट्टले विस्वासको मत पाउने देखिएको छ। हाल प्रदेश सभामा सभामुखबाहेक २४ जना सदस्य रहेको एमालेमा माधव पक्षमा १५ जना रहेका छन् । ओली पक्षमा ६ जना छन्। बाँकी तीन जना अहिले तटस्थ बसेका छन्।

चर्चामा

सम्बन्धित समाचार