• होमपेज
  • बडिमालिका
  • सार्वजनिक जग्गा छोडेर पर्खाल निर्माण गरेको भन्दै अनेरास्वीयु र युवा संघ नेपाल कार्यवाहीका लागि प्रशासनमा

सार्वजनिक जग्गा छोडेर पर्खाल निर्माण गरेको भन्दै अनेरास्वीयु र युवा संघ नेपाल कार्यवाहीका लागि प्रशासनमा

  • सोमवार, जेष्ठ २४, २०७८
सार्वजनिक जग्गा छोडेर पर्खाल निर्माण गरेको भन्दै अनेरास्वीयु र युवा संघ नेपाल कार्यवाहीका लागि प्रशासनमा

बाजुरा–सदरमुकाम मार्तडीमा रहेको खुलामञ्चमा सरकारी जग्गा छोडेर पर्खाल निर्माण गरेको भन्दै अनेरास्वीयु बाजुरा र युवा संघ नेपाल द्धारा जिल्ला प्रशासन कार्यलय बाजुरामा कार्यवाहिको माग गर्दै ज्ञापन पत्र बुुझाएका छन् ।
खुला मञ्चको दक्षिण पश्चिम भाग शिक्षा विकास समन्वय इकाइ बाजुराको पछाडीको भाग सार्वजनिक जग्गा ब्यक्तिलाइ छोडेर पर्खाल लगाउन गरिएको कार्य तत्काल बन्द गर्नुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यलयमा छानबिनका लागि माग गरेको अनेरास्वीयुका नेता लक्ष्मण रोकायाले वताएका छन् । सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु नेपाल सरकारको दाहित्व भित्र पर्ने भएकाले नापी कार्यलयको प्राबिधिक मार्फत खुला मञ्चको जग्गाको क्षेत्रफल छुट्याएर आबश्यक छानबिन गर्न माग गरेको रोकायाले बडिमालिका खबर सँग बताएका छन् ।
खुला मञ्चमा बिगतमा स्थानियले केही जग्गा अतिक्रमण गरेको खबर आइरहने गरेको थियो । उल्टै जग्गा छोडेर गरिएको निर्माणले चौर्तफि बाट गुनासो आएको छ । जिल्ला प्रशासन कार्यलय बाजुराले आबश्यक छानबीन गर्ने वताएको छ ।

चर्चामा

सम्बन्धित समाचार