हरेक जिम्मेवारी को भुमरीमा परेकी छु आमा
हरेक पिडाको आँसु बनी झरेकी छु आमा।
रातदिन हजुरलाइ याद गरेकी छु आमा
बाचेर नि हरेक पल मरेकी छु आमा।
बाध्यता र परिस्थितिमा लडेकी छु आमा
कत्ति पटक चिप्लेर नि ठडेकी छु आमा।
भयानक पहाड भित्र अडेकी छु आमा
समयले फड्को चाल्यो छडेकी छु आमा।
फुल उम्रन्छ उम्रदैन सारेकी छु आमा
कति जङ्ग्गार यक्लायक्लै तारेकी छु आमा।
कयौ रहर आफू भित्र मारेकि छु आमा
बेसन्चोमा हजुरलाइ याद गरेकी छु आमा ।
दुनियाँमा खिस्स गर्दै हासेकी छु आमा
यो बिरानो सहरमा बाचेकी छु आमा ।
रहरहरु कुल्च्याउदै मासेकी छु आमा
मन भरी हजुरको याद साचेकी छु आमा ।