• होमपेज
  • बाजुरा बिशेष
  • पछिल्लो २४ घण्टामा २८ जना संक्रमित थपिए, संक्रमितको सख्या ६७९ पुग्यो

पछिल्लो २४ घण्टामा २८ जना संक्रमित थपिए, संक्रमितको सख्या ६७९ पुग्यो

  • सोमवार, जेष्ठ २४, २०७८
पछिल्लो २४ घण्टामा २८ जना संक्रमित थपिए, संक्रमितको सख्या ६७९ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना २८ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ६ सय ७९ पुगेको छ । आज १२६ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा २८ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराले जनाएको छ । आज एक जनाको कोरोनाका कारण मृत्यु भएको जनाएको छ ।

आज बाजुरामा ४६ जना निको भएर घर फर्किएका छन । बाजुरामा निको हुनेको सख्या ४ सय ३० पुगेको छ । जिल्लामा पछिल्लो एक हप्तामा संक्रमित हुनेको सख्या भन्दा निको हुनेको सख्या बड्दै गएको तथ्याङक रहेको छ । हाल सम्म्म २ सय ४० जना सक्रिय संक्रिमीत रहेका छन । आइसोलेशनमा रहेका संक्रमितको सख्या ९ रहेको छ । आज आइसोलशनमा १ जना थपिएको तथ्याङक रहेको छ ।
हाल सम्म १ हजार ७ सय २१ जनाको कोरोना परिक्षण गर्दा ६ सय ७९ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हालसम्म जिल्लामा ९ जना कोरोना संक्रमण पुष्टी भईसकेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ । यस जिल्लाबाट रिफर गरी बाहिर जिल्लामा ३ जनाको मृत्यु भएको छ । यो संगै जिल्लामा मृतकको सख्या १२ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार