मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगामा कोरोना जाँच गर्न घरघरमा स्वास्थ्यकर्मी, सान्त्वना दिन नगरप्रमुख शाह गाउँमा

बुढिगंगामा कोरोना जाँच गर्न घरघरमा स्वास्थ्यकर्मी, सान्त्वना दिन नगरप्रमुख शाह गाउँमा

  • शुक्रबार, जेष्ठ २१, २०७८
बुढिगंगामा कोरोना जाँच गर्न घरघरमा स्वास्थ्यकर्मी, सान्त्वना दिन नगरप्रमुख शाह गाउँमा

बाजुरा–बाजुराको बुढिगंगा नगरपालिकाले कोरोना जाँच गर्न घर घरमा स्वास्थ्यकर्मी परिचालन गरेको छ । कोरोनाको डरले जाँच गर्ने नभएपछि नगरपालिकाले एन्टिजेन किट सहित स्वास्थ्यकर्मीलाई टोलटोलमा पठाएको बुढिगंगा नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाहले वताए । साथै नगरप्रमुख शाह कोरोना संक्रमितलाई सान्त्वना दिन टोल टोलमा पुुगेका छन् ।
कोरोनाको कहर समुदायस्तरमा फैलिएपछि नगरपालिकाले स्वास्थ्यकर्मी सहित टोलटोलमा एन्टिजेन मार्फत कोरोना चेकजाँच शुरु गरेको नगरप्रमुख शाहले वताएका छन् । गाउँमा चेकको डायर बढाएपछि नगरपालिकामा २ सय ३४ जनालाई जाँच गर्दा कोभिड संक्रमितको संख्या १ सय १६ जना पुुगेको छ । १० वटै वडामा ल्याब टेक्निसियम र स्वास्थ्यकर्मी चेकजाँच गर्न पुुगेका छन् ।
कुनै टोलमा बिरामी छन्, भन्ने जानकारी भए लगतै घरमै पुुगेर जाँच शुुरु गरेको स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् । स्वास्थ्य चौकीमा चेकजाँच गर्नेको संख्या धेरै कम आउने भएपछि घरमै पुुगेर कोरोना जाँच शुुरु गरेको संयोजक शाहले वताएका छन् ।
स्वास्थ्यकर्मी सँग नगरप्रमुख दिपक बिक्रम शाह सहित जनप्रतिनिधिको टोली गाउँमा पुुगेको छ । गाउँमा होम आइसोलेसनमा बसेका बिरामीको स्वास्थ्य अबस्था बुुझने उनिहरुलाई शान्तना दिने काम भइरहेको स्वास्थ्य सहसंयोजक हस्त खडायतले वताएका छन् । कोरोनाको शंका लागेको बिरामीलाई एन्टिेजन बिधि बाट जाँच गर्ने गरेका छौ, कोरोना संक्रमितको स्वास्थ्य अबस्था समेत बुुझ्ने गरेका छन् । बिरामीको अबस्था बुुझेर औषधि र परामर्श दिने गरेको खडयातले वताएका छन् ।
नगरपालिका रहेका संक्रमितहरु सबै होम आइसोलेसनमा रहेका छन् । स्वास्थ्यकर्मीले नियमित स्वास्थ्य अबस्था अपडेट गरिरहेको छन् । गाउँमा चेक गर्न गएपनि धेरै डरले जाँच गर्न नमान्ने गरेका छन्, धेरैलाई काउन्सिल गरेपछि मात्र जाँच गर्न मान्ने गरेको नगरप्रमुख शाहले वताएका छन् । समुदायमा धेरै फैलिएको छ, तर जाँच गर्न नमान्ने गरेको उनले वताए ।
स्वास्थ्यकर्मीको टोलिले बाटोमा भेटिएका काम गरिरहेका शंकास्मत बिरामीलाई समेत चेक जाँच गरिरहेको छ । बुढिगंगा नगरपालिका ७ का एक बृद्ध बाख्रा चराइरहेका थिए, बाटो नजिकै सुतेका थिए, उनलाई सोध्दा ज्वरो आएको भनेपछि जाँच गर्दा कोरोना पोजटिभ देखिएको स्वास्थ्यकर्मीले वताए । जाँच गर्दा केही हुन्न पोजेटिभ देखिएपनि होमआइसोलेसनमा सुरक्षित बस्ने, थाहा पाए अरुलाई सर्दैन भनेपछि मात्र जाँच गर्न मान्ने गरेका छन् ।
बाजुरामा चेकजाँच दर कम भएपनि शुक्रवार २ बजेसम्म ५ सय ७३ जना संक्रमित पुुगका छन् । जसमा निको हुनेका संख्या ३ सय ६८ पुुगेको छ । ११ जनाको कोभिड अस्पतालमा उपचार भइरहेको छ भने ९ जना संक्रमितको मृत्यु भइसकेको छ । चेकजाँच त बढाएका छौ, केही स्थानिय तह जाँच गर्न नमान्ने गरेकाले जाँच बढन नसकेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार