
बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना २१ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ५ सय ७३ पुगेको छ । आज ६२ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा २१ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराले जनाएको छ ।
आज बाजुरामा २४ जना निको भएर घर फर्किएका छन । बाजुरामा निको हुनेको सख्या ३ सय ६८ पुगेको छ । जिल्लामा पछिल्लो एक हप्तामा संक्रमित हुनेको सख्या भन्दा निको हुनेको सख्या बढेको तथ्याङक रहेको छ । हाल सम्म्म १ सय ८७ जना सक्रिय संक्रिमीत रहेका छन । आइसोलेशनमा रहेका संक्रमितको सख्या ११ रहेको छ ।
हाल सम्म १ हजार ४ सय ६६ जनाको कोरोना परिक्षण गर्दा ५ सय ७३ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हालसम्म जिल्लामा ९ जना कोरोना संक्रमण पुष्टी भईसकेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ । १ सय ८७ जना होम आइसोलेशन र ११ जना आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
