शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • अस्पताल बाजुरामा अक्सिजन पलान्ट स्थापनाका लागि दोस्रो पटक सुचना प्रकाशित

अस्पताल बाजुरामा अक्सिजन पलान्ट स्थापनाका लागि दोस्रो पटक सुचना प्रकाशित

  • शुक्रबार, जेष्ठ २१, २०७८
अस्पताल बाजुरामा अक्सिजन पलान्ट स्थापनाका लागि दोस्रो पटक सुचना प्रकाशित

बाजुरा — जिल्ला अस्पताल बाजुरामा अक्सिजन पलान्ट स्थापनाका लागि दोस्रो पटक सुचना प्रकाशित भएको छ । पहिलो पटक प्रदेश सरकार बाट बिनियोजित ८० लाखको सुचना प्रकाशित गरेको भएपनि लागत भन्दा बढि रकम निर्माण कम्पनि हाले पछि पहिलो ठेक्का रद्ध गरिएको अस्पताल बाजुराका प्रमुख डा. प्रकाश जैशीले वताएका छन् ।
दोस्रो पटक भने प्रदेश सरकार बाट बिनियोजन ८० लाख र संघिय सरकारको ७५ लाख सहित गरि सुचना प्रकाशित गरिएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । दोस्रो पटक बिहिवार सात दिने सुचना जारि गरिसकेको अस्पताल बाजुराका निमित्त कार्यलय प्रमुख डा.प्रकाश जैशीले वताएका छन् ।

No description available.
देशभर कोरानाको कहर बढिरहेको बेला संघिय सरकारले ७५ लाख र शुदुरपश्चिम प्रदेश सरकारले अस्पताल बाजुरालाई ८० लाख बिनियोजन गरेपछि अक्सिजन पलान्ट स्थापना दोस्रो पटक प्रक्रियामा अगाडि बढेको अस्पताल प्रमुख डा. जैशीले वताए ।
अक्सिजन पलान्ट स्थापना हुने भएमा कोरानका बिरामी मात्र नभई अन्य बिरामीलाई समेत उपचारमा निकै सहज हुने अस्पतालका कोभिड फोकल पर्सन चुडामणि पन्तले वताएका छन् । तर यो बेला अक्सिजन पलान्ट स्थापना का लागि कम्पनि पाईने सम्भाबना कमै रहेको वताए । पहिलो पटक लागत भन्दा बढि टेन्डर रकम हालेपछि रद्ध गरिएको थियो । कसैले टेन्डरमा हाल्यो भने चाडै अस्पताल बाजुरामा अक्सिजन पलान्ट स्थापना हुने पन्तले वताए ।
अहिले जिल्ला अस्पताल बाजुरामा अक्सिजनका लागि धनगढी नेपालगञ्ज बाट ल्याउनु पर्ने बाध्यता रहेको छ । अस्पातल बाजुरामा केही दिनमै अक्सिजन अभाब हुने देखिएको छ । प्रदेश सरकारले शुदुरपश्चिमका ६ पहाडी जिल्लामा अक्सिजन पलान्ट स्थापनाका लागि ८० लाखका दरले बजेट बिनियोजन गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार