• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पछिल्लो २४ घण्टामा २३ जना संक्रमित थपिए, संक्रमितको सख्या ५५२ पुग्यो

बाजुरामा पछिल्लो २४ घण्टामा २३ जना संक्रमित थपिए, संक्रमितको सख्या ५५२ पुग्यो

  • बिहिबार, जेष्ठ २०, २०७८
बाजुरामा पछिल्लो २४ घण्टामा २३ जना संक्रमित थपिए, संक्रमितको सख्या ५५२ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना २३ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ५ सय ५२ पुगेको छ । आज ६४ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा २३ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराले जनाएको छ ।
आव बाजुरामा एक जना निको भएर घर फर्किएका छन । बाजुरामा निको हुनेको सख्या ३ सय ४४ पुगेको छ । हाल सम्म्म १ सय ७९ जना सक्रिय संक्रिमीत रहेका छन ।
हाल सम्म १ हजार ४ सय ३ जनाको कोरोना परिक्षण गर्दा ५ सय ५२ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हालसम्म जिल्लामा ९ जना कोरोना संक्रमण पुष्टी भईसकेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ । १ सय ९० जना होम आइसोलेशन र ११ जना आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार