हाम्रो देशमा कहिले भुई चल्छ र मर्छन निर्दोश,
निर्लज भई ति भवनहरु ढल्छ र मर्छन निर्दोश।
कहिले गृह युद्ध चल्दा पड्किन्छन बम र गोला ,
कयौँ सपनाहरु आगोमा जल्छ र मर्छन निर्दोश।
यही मेरो देशको कथा पढ्नेहरु ले आँशु झार्दा,
हरेक मानवको अनायसै गल्छ र मर्छन निर्दोश।
कोई भन्छन सतिले सरापेको देश मान्दैन मनले,
यो देशमा सधै दुश्मनले छल्छ र मर्छन निर्दोश।
दिएर रोजी र बेटीको सम्बन्धले खञ्जर गोब्दा,
बेखौब बिष ब्यबहार मा मल्छ र मर्छन निर्दोश।
सुरेशकुमार पान्डे।