दिन,रात,महिना बर्षौ बित्दा पनि न्याय पाएको अनुभुति कहिलै भएन,स्वर्गिय नानी सम्झना बिक ले, यो कोरोनाको कहरमा म बझाङ्गमा हुदा स्वर्गिय नानी सम्झना बिकलाई सम्झिदै छटपटिएको छु। तिम्रो त्यो बालापनकै उमेरमै त्यो पापी राक्षेसले बलात्कार गरेर मन्दिरकै अगाडि मारेको करिब आज एक बर्ष बितिसेकेको छ।
मेरो मोवाईलको हरेक ग्यालरीको वालमा अनि कोठाको भितामा तिम्रो फोटो अझै सम्म मैले सजावट गरेर राखेको छु। कठै कहिले होला मलाई, तिमीले न्याय पाएको अनुभुति।
आजभोलि मलाई डर लाग्न थालेको छ । हिजोसम्म जताततै दौडिरहने मेरा पैतालाहरु आज भोली घर भित्र र बाहिर टेक्दा समेत काँम्न थालेका छन् । हिजोसम्म ठाडो अडिने मेरो शीर अचेल मर्दको एक नजरमा झुक्न थालेको छ । अचेल आफ्नै मनले आफैसँग प्रश्न गर्न थालेकाे छ- ‘म कहाँ र कोसँग सुरक्षित छु ?’
हरेक दिन सन्छु,पढ्छु,देख्छु,बलात्कारका घटनाहरु जताततै बलात्कार नै बलात्कार ! कठै, यो हाम्रो समाज, हाम्रा ति समाजका नालायक मान्छेहरु। दुख लाग्छ सम्झदा पनि।
म अचेल सम्झिन्छु, न्याय कुरिरहेकी सम्झनाको अात्मालाई लाग्छ, कतै भोलि मैले पनि उनीजसरी नै न्याय कुर्नु त होइन ? हजुर एक वर्ष बितिसक्यो न्यायको बाटो हेर्दाहेर्दै । सेलाइसके हिजो सम्झनाका न्यायको लागि तातिएका सडकरु । मौन भैसके हिजो बुलन्द भएका आवाजहरु मौन भईसके । अनि थाकिसके न्याय पर्खिरहेका आँखाहरु र अझैँ बढ्दै छन् त सम्झना जस्तै झै निमोठिएका नानीहरू ।
म सम्झिन्छु- मन्दिरभित्र मारिएकी सम्झनालाई । लाग्छ, ईश्वरले त उसको अस्मिता जोगाउन सकेनन्, म कसको आश गर्नु ? यो सरकार,जो खम्बा जसरी मौन छ ?
तिमीलाई निमोठिएर तिम्रो टाउँकोमा त्रिशुल हानेको मैले तिम्रो फोटो देख्दा, यो सोचाईले सोच्यो, कठै मलाई पनि भोली त्यस्तै त्रिशुलले हानेर कोही मार्छ कि भन्ने डरत्रासमा हिँड्न बाध्य बनाएको छ, कठै यो न्याय नदिने सरकारले।
तिमीलाई मारिएको त्यो तिम्रो गाउँको एकान्तमा रहेको मन्दिरमा पनि म गए, तर त्यहाँ पुग्नासाथ मेरा यि आँखामा तिम्रो त्यो कलिलो उमेरमा तिमीलाई एउटा राक्षेसले जबरजस्ती करणी गरेर मारेको सम्झेर थप_थप आँसुका ढिका खसे। यो मनलाई समाल्न गार्हो भो,साथमा म सँग आएका मेरा ति प्यारा साथीहरुले मलाई सम्झाए,तर पनि उनि साथीहरुको मनै त होनि, आँखा बाट थप_थप आँसुका ढिका खसाले,अनि म अल्मलिए,टोलाए के भईरहेको देशमा भनेर सोचाईमा डुबिरहे।
सम्झना तिमी आफ्नो गाउँको जन्मथलोमा दुख सुख साथमा रमाईरहेकि थियौँ, तर पनि त्यो एउटा पापी राक्षेसले तिमीलाई रमाउन दिएन। कति सम्मको अन्याय हो हजुर। तिम्रो बाबा घर भन्दा बाहिर हुदा खेरि तिमी मारिएको हो, कति चिच्याउनु,कराउनु भए होला तिम्रो बाबा,त्यो सम्झेर अहिले पनि मेरा यि आँखामा आँसुका ढिकाहरु खसेको मलाई अनुभुति हुन्छ।
आज म लगायत हरेक चेलीबेटीहरुलाई यस्तै डरत्रास भईरहेको छ, कतै सम्झना तिमीलाई मार्ने जस्तै अरु कोही त जन्मेको छैन् कि भनेर।
कठै सम्झना फेरि पनि तिम्रो मायाले मलाइ यसरी नै पिरलि रहिरहोस्। धेरै माया जुनिभरि यादगार रहिरहोस् स्वर्गिय नानी सम्झना बिकलाई सम्झेर।।