सुरेशकुमार पान्डे — फुर्शे पैदलनै हिँडि रहेकोले आजपनि बसमा बस्ने मन गरेन उ बढि कन्जुस भएर त होईन तर अलि अलि हिँडि राख्नुपर्छ भन्ने उदेश्यले बिस्तारै हिँड्दै थियो।बर्षा मास अरङ्ग खोला उर्लिएर तर्नै नसक्ने भयछ।अली पानी फिजिएको ठाउँबाट तर्न सकिन्छ भनठानेर उ अलि फिजारिएकोमा पुग्यो खासै गहिरो नभयपनि खोलाको पानि सारै दरिलो थियो,जसरी तसरी तर्यो।
अलि पर बाट एउटाले पाठोलाई काँधमा बोकेर ताय्रो अनि फुर्शेको नजिकै पुगेर पाठालाई कुम बाट तल झाय्रो उस्ले एउटा सिसिमा तरल पदार्थ ल्यायको थियो सिसाको बोतलको बुझो पनि पातको बनाएर लगाएकोले त्यो सिसाको ढक्न नभयको भान हुन्थ्यो।अहिले रात त परेको थिएन तर अँध्यारो भयको थियो दिउसै रात परेको जस्तो देखिन्थ्यो।पानी पर्नै थालियो कालो निलो आकास एकछिनमै हुरि चल्न लाग्यो नजिकै एउटा पानी द्वारा चल्ने घट्टा थियो।त्यहा ओत्तिने उदेश्यले फुर्शे त्यँहा गयो पछि पछि ति पाठावाला दाई पनि गए।त्यँहा कयौँ मानिसहरु पहिलेनै थिए।एकछिन उभिदा पानी ठुलो पय्रो,नजिकै त्यो पाठा ल्याएका दाई पनि हातमा सुर्तिलिएर मिच्दैथिए।
फुर्शे अलि हँसिलो स्वभाबको थियो उस्ले ति सुर्ति मिचिरहेको ब्याक्ति सँग ठट्टा गर्ने स्वाभावमा हजूर यो पाठाले पनि सुर्ति खान्छ?दाई! भन्दै सोध्यो।छि के भनेको त्यस्तो यो त मलाई पो हो त !भन्दै आफ्नो सुर्ति ओठको र दाँतको बिचमा राख्छन।अरु त्यँहा बसेका गिलिलिलि हाँस्छन,अनि सबै चुप लाग्छन।खान त दिनेहो भने यो पाठाले पनि खान्छ खानलाई!उस्ले फेरी भन्यो।त्यसो नभनौ मित्र यो पाठो होईन देवता बाजेको नाउ पारेको छ यसमा!उन्ले भने।के भन्नु भयो?फुर्शेले सोध्यो।देवतालाई चडाउँन ल्याएको अरे !नजिकै बसेकी एउटि बोईले फुर्शेलाई सम्झाउँन खोजिन।
कस्ता देवता हुन बोका पनि खाने,फुर्शेले फेरी प्याच्चै बोल्यो।
सबै अनुत्तर भए कोई पनि बोलेनन।खै चल्दै आएको रिति त होला नि होईनर बाबु!नजिकै बसेकी बोईले त्यो दाई तिर हेर्दै भनिन् । उस्ले हजूर भन्दै सिर पनि हल्लायो।
के बोकाले खोला तर्न सक्दैन र दाई?फेरी फुर्शेले प्रश्न तेर्छाए।
तर्छन तर्न त डोराएर तार्नु भन्दा काँधमा राखेर सजिलरी तारियो भाई।उन्ले फुर्शेलाई जवाफ दिए।पानी अहिले पनि मसिनो आएकै थियो,अँध्यारो राति जस्तो देखिएता पनि दिउँसै थियो।उनि पनि माथि सर्कद्वारी पुग्ने फुर्शे पनि उतै जाने दुबैको बाटो एउटै भयकोले सँग सगै जाने बिचारमा थिए।अनि सिशिमा के ल्याउँनु भएकोछ त दाजैले? फुर्शेले सोध्यो।प्रसादहो भाई,होर गंगाको जलहो की?भन्दै फेरी प्रश्न तेर्छायो।होईन जल होईन तिनपाने हो यो देवतालाई चडाउँने भनेर ल्याएको।यो सुनेर फुर्शे झन अचम्मै पर्छ।के देवताले पनि रक्सि पिन्छन त?चडाउँनु पर्छ पिउँनकि नपिउँन भन्दै उ अलि जर्किन्छ।फुर्शेलाई भने अहिले अलि आचार्य भयको थियो।पाठो त देवतालाई कवुलेको सुनेको देखेको भयपनि रक्सी भने पहिलो पल्ट देवतालाई चढाउँने बारे सुनेको थियो।आखिर कस्ता देवता हुन रक्सि र मासु खाने!उस्ले मनैमनमा भन्यो तर अहिले उनि दाई सँग कत्ति प्रश्न राखेन।वा यसो भनौ उ सँग कुनै प्रश्ननै थिएन,राखेपनि कसैले उस्लाई ठिक उत्तर दिनेवाला थिएनन्। हाम्रो देशमा मानिशहरु उभो नलागेको यस्तै यस्तै कारण हुँनुपर्छ ,उस्ले मनैमनमा भन्यो।पानी बिदो भयो उनिहरु त्यँहा बाट उक्कालो लागे अलि माथि पुगेका थिए त्यो पाठो हिँड्न मानेन बस्यो।उस्ले नजिकै धाईराको घाँस भाँचेर उस्लाई ख्वायो।एकछिन पछि त्यँहा बाट हिँड्न थाले।कुरा गर्दै गएकोले बाटो त काटियो तर कयौँ उब्जिएका पर्शनहरुको उत्तर कसै सँग थिएनन।फुर्शेले ति सबै प्रश्नहरु आफ्नो मनमा राखेर अगाडी बढ्यो।
हाम्रो समाज कस्तोछ यस्लाई कसरि सम्झाउँने यो अफिमको नशा जस्तै त हो।यसले सितिमिति छोड्दैन लामु समय सम्म संघर्ष गर्नै पर्छ।