रिण!लघुकथा !

  • मङ्लबार, जेष्ठ १८, २०७८
रिण!लघुकथा !

सुरेशकुमार पान्डे — चारै तिर मानिसहरुको भिड थियो,गाउँमा सुनसान भयकोले लाग्थ्यो त्यँहा कोई मरेकोछ।हावाहुरी केहि पनि थिएन रुखका पातहरु खामुस थिए सबै शान्त थियो।आगनिमा मुख्याको लाश लाई केहि जानकारले बाँन्दै थिए।गरिबहरुको बस्ति भएकोले होला उनिहरु सबैलाई काम मा जान टेकाटेक थियो।दलानमा बसेका महिलाहरु सेँखर-सेखर गर्दै रुँदै थिए कसैले कसैलाई नरुन अनुरोध गर्दै ढाँढस दिएकाथिए।

अचानक एउटा अन्जान ब्याक्ति आएर उक्त मुख्याको लाश निर बस्यो र उस्ले त्यो लासलाई राम्रै गरि नियाल्यो अनि उस्को खुट्टा छोप्दै भन्यो।मुख्या बाजे त जानु भयो अब मैले दिएको रुपायाँ १५लाख को सँग माग्ने मैले?उस्ले प्रश्न तेर्छायो।अलिबेर सम्म कोई पनि बोलेनन् र लाशलाई उठाउँन थाले।तर उस्ले लाशलाई उठाउँन दिएन!पहिले मलाई मैले दिएको पन्द्र लाख रुपिया दिनुपर्छ र मात्र लाश लैजान पाईन्छ।उस्को यो कुरा सुनेर छोराहरु आए र भने हाम्रो बुबाले मर्नेभन्दा पहिले कसै सँग रुपियाँ लिएको कुनै जिक्रि गर्नु भैन तसर्थ हामिले तिर्दैनौँ!भन्दै त्यो अज्नबी सँग आक्रोसित भए।दुबै बुहारीहरुले पनि आफुहरुले नतिर्ने बताए।हो जब घरका यि मानिसहरुलाई कुनै सरोकारछैन भने हामिलाई के मतलब उँठाओ लाश अनि हिँडौ घाटमा भन्दै एउटा गाउँले बृद्धा बोल्यो।त्यो माहोल अब खल्लि बल्लि हुँदै थियो।समयले नेटो काटन थाल्यो अहिले सम्म लाशलाई घाट पुराउँन नसक्दा गाउँलेहरु पनि निरास देखिन्थे।
लाश तब उठ्छ जब यो छिनो फानो हुन्छ अन्यथा लाशलाई उठाउँन दिईदैन मैले!उस्ले फेरी सिरियस हुँदै भन्छ।सबैले एक आरकाको मुखलाई हेरा हेर गर्छन।चकमन्न हुन्छ त्यहाको माहोल।त्यो कालो कोट लगाएको ब्याक्तिको नजिक गएर
हजूर लिनुस मेरा सबै गहना यँहा मेरा बा हुनुहुन्छ कृपया यो बेलामा यस्तो ब्यबहार नगर्नुश लाशलाई दाँ सँस्कार गर्न दिनुहोश!भन्दै एउटी महिला त्यो ब्याक्तिको नजिकै दुबैहात जोडेर बिन्ति गर्दै भन्छिन।उन्को आखामा आँसु बगिरहेको थियो धेरै रोएरहोला ओँठहरु सुकेका थिए।
हजूर यिनि मेरा गर गहनाले नपुगेको मैले पछि चुक्ता गर्नेछुँ।यदि मेरा बाबाले रिण लगाएरै जानु भयको भयपनि त्यो हाम्रै लागि थियो।म छोरी भयको नाताले सबै पैसा तिर्नेछुँ भन्छिन।
सबैले रिनाको मुखमा हेर्छन।
कसैले कानाखुसी गर्दै छोरी भयको फर्ज निभाई भन्छन,कसैले छोराहरुले तिर्नु पर्ने भन्छन त्यँहा आपसमा कानखुसि चलेकै हुन्छ।त्यो वकिल जस्तो देखिने अजनवीले रिना तिर नियाल्दै भन्यो!
मलाई थाहा भयो यो घरको वारीश को रैछ भन्ने मैले त्यहि भेद लिनु थियो।त्यो अञ्जान ब्याक्तिले त्यो छोरीलाई गहना फिर्ता गर्दै भन्छ।उँहाले कसै सँग रिन लिनु भयको थिएन बरु मलाई उँहाले यो रकम मेरो मृत्यु पछि मेरो अश्लिवारीशलाई दिनु भनेर अह्राउँनु भयकोथियो।मैले त्यहि जिम्मा पुरागर्दैछुँ भन्दै अनि एउटा चेक निकालेर छोरीको हातमा थमाउँदै! मलाई क्षामा गर्नु छोरी मैले गर्दा यँहालाई दुःख पर्न गएकोमा। मलाई त्यसो गर्नै पर्ने थियो।किन भने उँहाले छाडेर ग एको यो पन्द्र लाखको रकम मलाई यो घरको अश्लिवारीशलाई सौँपनु थियो।
भन्दै अब मुर्दालाई घाट लैजान अनुरोध गर्छ।यसरी एउटा छोरीले आफ्नो बाबाले लगाएको रिणलाई तिरेर बाबालाई रिन मुक्त गर्न खोजिन तर छोरा र बुहारीहरुले आफुलाई रिणबाट जोगाउँन पुरै जोड लगाए।
आखिरमा त्यो जस्ले रिण लिन आएका भन्थे उनि एउटा वकिल थिए।मुख्याले मर्ने भन्दा पहिले आफुले राखेको त्यो रकमलाई अश्लिवारीशलाई दिन भनेर जिम्मा लगाएका थिए।
त्यो जिम्मा उन्ले निर्वाहगरेर फर्किए।(यो कथा एउका समाचारबाट कथाको रुपमा साभार गरिएको हो।यो कथाबाट कयौँलाई शिक्षा मिल्न सक्छ भनठानेर यो लेखकले यस्लाई कथाको रुपमा ताछ्ने र मठार्ने गर्दा कसैलाई ठेस पुगेकोमा क्षामा पार्थि छुँ।साथै यसमा प्रयोग गरिएका नामहरु पनि काल्पनिक हुन कसै सँग मिल्न गयोभने त्यो सञ्जोगनै हुनेछ।)

चर्चामा

सम्बन्धित समाचार