शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • कोरानाको भ्याक्सिन लगाउनेलाई साढे ११ करोड पुरस्कार

कोरानाको भ्याक्सिन लगाउनेलाई साढे ११ करोड पुरस्कार

  • मङ्लबार, जेष्ठ १८, २०७८
कोरानाको भ्याक्सिन लगाउनेलाई साढे ११ करोड पुरस्कार

नेपालमा कोभिड १९ को भ्याक्सिन उपलब्ध नहुँदा मानिसहरु भ्याक्सिन लगाउन पाउने दिनको व्यग्र पर्खाइमा छन् । उता अमेरिकामा भने भ्याक्सिन पर्याप्त छ, तर मानिसहरुमा खोप लगाउने खासै रुचि छैन । त्यसैले सबै मानिसहरुलाई खोप लगाउन जागरुक बनाउनका लागि सरकारले अनेक खालका उपाय अपनाउने गरेको छ ।

हालै अमेरिकाको ओहियो राज्यमा कोरोना खोप लगाउने मानिसहरुलाई १० लाख अमेरिकी डलर अर्थात् करिब साढे ११ करोड रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ ।

ओहियो सरकारले घोषणा गरेको कार्यक्रम अन्तर्गत भ्याक्सिन लगाउने १८ वर्ष माथिका मानिसहरुमध्ये ५ जनाले १०-१० लाख डलर पुरस्कार पाउनेछन् ।

गभर्नर माइक डेवाइनले गत मे १३ मा घोषणा गरको उक्त अभियानले ओहियोमा खोप लगाउने मानिसहरुको दर ४५ प्रतिशतले बढाएको सीएनएनले उल्लेख गरेको छ ।

यसैबीच भ्याक्स अ मिलियन नामक उक्त चिठ्ठा कार्यक्रम अन्तर्गत पहिलो विजेताको घोषणा भैसकेको छ । दक्षिणपश्चिमी ओहियोकी एक महिलाले पहिलो १० लाख डलर जितेकी छिन् । सिल्भरटनमा बस्ने अब्बिगेल बुगेनसेकले खोप लगाएबापत १० लाख डलर हात पारिन् ।

१० लाख डलर नगद पुरस्कारका अलावा ओहियोगले १८ वर्ष मुनिका किशोर किशोरीहरुका लागि पूर्ण छात्रवृत्तिको पुरस्कार पनि घोषणा गरेको छ । उक्त छात्रवृत्ति विजेताको छनोट पनि खोप लगाउनेहरु मध्येबाट गोलाप्रथाबाट छानिन्छ । डाइटनमा बस्ने जोसेफ कोस्टेलो नामक किशोरीले पहिलो छात्रवृत्ति हात पारेको बुधबार घोषणा गरियो ।

हालसम्म १० लाख डलर पुरस्कारका लागि २७ लाख जनाले तथा छात्रवृत्तिका लागि १ लाख भन्दा धेरै किशोर किशोरीहरुले नाम दर्ता गराइसकेको बताइएको छ । आगामी चार हप्तासम्म हरेक बुधबार विजेताको घोषणा गरिनेछ ।

सीएनएनबाट

चर्चामा

सम्बन्धित समाचार