शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • बाजुराको जुकोटमा पहिरो जान्दा गहुँ जौबालिमा क्षति

बाजुराको जुकोटमा पहिरो जान्दा गहुँ जौबालिमा क्षति

  • आइतवार, जेष्ठ १६, २०७८
बाजुराको जुकोटमा पहिरो जान्दा गहुँ जौबालिमा क्षति

रमेश बहादुर सिह /बझाङ–जुकोटमा पहिरोले गहुँ, जौँबाली बगाएको छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा गए राति पहिरो खस्दा पाकेको गहुँ, जौँबाली बगाएको हो । अविरल वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्णरुपमा क्षति पुर्याएको त्यहाँका स्थानीयवासीले बताएका छन् । वर्षाले घट्टेखोलाबाट वाइसम्मको सिँचाइ कुलोमा पानीको बहाव बढेपछि कुलोमुनिबाट पहिरो बगेको त्यहाँका स्थानीयवासीको भनाइ छ ।पहिराले पाकेको गहुँबाली बगाएपछि किसान चिन्तित भएका छन् ।

बाली भित्र्याउने समयमा भित्र्याउनै नपाई पहिराले कोरी लुछी बगाएपछि किसानलाई भोकमरीको चिन्ता बढेको छ । उक्त स्थानका करिब २० परिवारको गहुँ, जौँ बालीमा क्षति पुर्याएको स्थानियबासीले जानकारी दिएका छन् । पाकेको बाली भित्र्याउन तयार रहेका किसानको बाली एक्कासि पहिरोले बगाएपछि बाली भित्र्याउने सपना पहिरोले गुमाइदिएको छ । एकातिर दोस्रो भेरियन्टका रूपमा फैलिरहेको कारोना भाइरसको चिन्ता छ, भने अर्कोतिर झन् अब बाली नै नष्ट पारेपछि भोकमरीको चिन्ताले किसानलाई पिरोलेको छ ।

अविरल वर्षा नरोकिएमा पहिरो पुनः जाने सम्भावना बढेको छ । यस्तै २० घर पहिरोको उच्च जोखिममा रहेको एक स्थानीयवासीले बताएका छन् । उनका अनुसार गाउँमाथि रहेको खेतबारीमा पाकेको गहुँ, जौँलगायत बाली नष्ट पारिसकेको र अझै वर्षा नरोकिएमा पहिरो आएर घर बगाउने जोखिम रहेको उनको भनाइ छ । पहिरोको उच्च जोखिममा रहेका घरपरिवारलाई तत्काल घर खाली गरी सुरक्षित स्थानमा बस्न लगाइएको छ ।

खेतीयोग्य जमिनसमेत पूरै बगाइसकेको र घर पनि पहिरोको उच्च जोखिममा रहेको उक्त स्थानका बासिन्दालाई ठूलो सङ्कट सिर्जना भएको छ । करोना महामारीले सङ्कट सिर्जना भएको बेला निरन्तरको अविरल वर्षाले समेत क्षति पु¥याउन थालेपछि बाजुरामा थप समस्या हुन थालेको छ । वर्षायाम नजिकिएसँगै बाजुराका अधिकांश स्थानका बासिन्दालाई चिन्ता बढ्न थालेको छ

चर्चामा

सम्बन्धित समाचार