• होमपेज
  • बाजुरा बिशेष
  • कोरोनाको डरले चेकजाचँ गदैनन्, गाउँमा कोरोनाले मृत्यु भएकाको दासंस्कार आफै गर्दै

कोरोनाको डरले चेकजाचँ गदैनन्, गाउँमा कोरोनाले मृत्यु भएकाको दासंस्कार आफै गर्दै

  • शुक्रबार, जेष्ठ १४, २०७८
कोरोनाको डरले चेकजाचँ गदैनन्, गाउँमा कोरोनाले मृत्यु भएकाको दासंस्कार आफै गर्दै

बाजुरा — बाजुरामा गाउँगाउँमा कोरोना फैलिएको भएपनि कोरोना देखीने डरले चेकजाँच नगर्ने गरेको पाईएको छ । चेक गर्ने बित्तिकै कोरोना पुष्टि हुने भएपछि चेकजाँच गर्न नमान्ने गरेको स्थानियले वताएका छन् । बाजुराका ९ वटै स्थानिय तहका सबै गाउँमा कोरोना परिक्षण भएको ठाँउमा कोरोना संक्रमित भेटिने गरेका छन् ।
कोरोना जस्तै लक्षण भएका गाउँ गाउँमा धेरै रहेको छन् । गाउँमा धेरै बिरामी छन्, चेक गर्दा पोजेटिभ देखिने डरले चेक गर्ननै गाउँका नमान्ने गरेको बुढिगंगा नगरपालिका ६ का मन बहादुर नेपालीले वताएका छन् । बाजुराको सबै भन्दा बिकट हिमाली गाउँपालिका गाउँहरुमा समेत कोरोना फैलिएको छ । बिकट मानिने हिमाली गाउँपालिका वडा नम्बर १, २ र ३ बिच्छँया गाउँमा एन्टिजेन बिधि बाट कोरोना चेक गर्दा पोजेटिभ देखिएको गाउँपालिकाले जनाएको छ ।
दुर्गम गाउँमा समेत कोरोना देखिएपछि बाजुराका कुनै गाउँपनि कोरोना बाट अछुतो नरहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । एन्टिजेन बिधि बाट चेक गरिरहेका छौ, केहीले चेक गर्न समेत नमान्ने गरेको कार्यलयले वताएको छ । स्थानिय तह तथा अस्पतालले पनि बिरामी भएर उपचार आउनेको मात्र चेकजाँच गरिरहेको छ ।
शुक्रवार सम्म बाजुरामा ८ जनाको मृत्यु भइसकेको छ । बाजुरामा शुक्रवार सम्म ४ सय ७५ जनालाई कोरोना पुष्टि भएको छ । कोरोना निको हुनेको सख्या २ सय ८० रहेको छ । अहिले सम्म १ हजार १ सय ७८ जनाको कोरोना परिक्षण गरिएको थियो, यसले गर्दा पनि परिक्षण नै कम भएको पाईएको छ ।
गाउँमा कोरोनाका जस्तो मिल्ने लक्षण भएका बिरामी धेरै रहेका छन्, तर चेकजाँच भने नभएको खप्तडछेडेदह गाउँपालिका १ बस्ने धन रोकायाले वताए । अर्कोतिर स्थानिय तहमा किट समेत कम रहेकाले पनि चेक नभएको पाईएको छ । स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भने केही स्थानिय तहले चेकजाँच नै नगरेको वताएका छन् ।
बाजुरामा अस्पतालमा मात्र नभई गाउँमा समेत कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लामा ८ जना मध्ये २ जनाको गाउँमै मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका र हिमाली गाउँपालिकामा केही दिन पहिला एक एक जना पुरुषको मृत्यु भएको थियो । उनिहरुको दासंस्कार आफन्तले नै गरेका थिए । भौगोलिक हिसाबले टाढा भएकाले पनि गाउँलले आफै लाश ब्यबस्थापन गरेका हुन् । गाउँमा मृत्यु त धेरैको भइरहेको छ, तर कोरोना हो अरु कारणले नै हो चेकजाँच नभएर थाहा नै नभएको हिमाली गाउँपालिका ३ का वडा अध्यक्ष ध्याने रोकायाले वताएका छन् ।
कोभिड बाट मृत्यु भएकाको शब ब्यबस्थापन स्वास्थ्य सुरक्षा सामाग्रि सहित प्रयोग गर्नुपर्ने हुन्छ, गाउँमा मृत्यु भएकाको भने स्वास्थ्य सुरक्षा बिना नै ब्यबस्थापन गरेको पाईएको छ । प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले भने आफन्तले आफै शब ब्यबस्थापन गर्ने भनेपछि उनिहरुलाई नै जिम्मा दिएको वताए ।

चर्चामा

सम्बन्धित समाचार