उँच निच मान्छेमा कस्तो सँस्कार बनाए छन,
समाजभित्र असमानको ब्यबहार बनाए छन।
धनी गरिब बिचमा झनै खाल्टो खने गहिरो,
कोई झुग्गि कसैले शुन्दर दरवार बनाए छन।
फौलाद कुट्नेहरु लाई थाहा नै भएन कत्ति,
कुट्दा २आफ्नै घाँटि रेट्ने धार बनाए छन।
साम्राज्यावाद लाई पनि थाहाछैन होला की,
उन्ले आफ्नै अनत्यगर्ने हथियार बनाए छन।
यार मयाँ प्रेमको परिभाषा पनि बुझेन मैले,
जानेर आफ्नै ज्यानको हकदार बनाए छन।
मान्छेले दार्शनिकलाई भगुवान बनाई छाडे,
लाग्छ दार्शनिक मेटाउँने औजार बनाए छन।
सुरेशकुमार पान्डे।