शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सेलिब्रेटी
  • आफ्नै जन्मथलो तिर यसरी रमाउदैछिन् युटुवर सोनिका रोकाया

आफ्नै जन्मथलो तिर यसरी रमाउदैछिन् युटुवर सोनिका रोकाया

  • बिहिबार, जेष्ठ १३, २०७८
आफ्नै जन्मथलो तिर यसरी रमाउदैछिन् युटुवर सोनिका रोकाया

अर्थ जङ्ग शाही/ बझाङ्ग — महामारीको रूपमा कोरोना भाइरस (कोभिड १९) को पहिलो लहर सँगसँगै दोर्सो भेरियन्टको रुपमा विश्वभर फैलिएको थियो । यसको असरबाट नेपाल अछुतो रहन सकेन । नेपालमा पनि कोरोनाभाइरसको गहिरो असर पर्‍यो ।

महामारी नियन्त्रण र संक्रमणको ‘चेन ब्रेक’ गर्न सरकारले लकडाउन गर्‍यो । देश पूरै ठप्प भयो । १०० वर्षपछि फैलिएको महामारी के हो र यसले कस्तो असर गर्छ भन्ने बुझ्न विश्वले नै सकिरहेको थिएन।

प्राय सोनिका रोकाया घर भन्दा बाहिर बसेपनि यति खेर कोराना भाईरस (कोभिड १९) ले गर्दा काठमाडौँ छोडेर आफ्नै जन्मथलो बझाङ्गको खप्तड छान्ना गाउपालिकामा रमाईरहेकि छिन्। कोभिडले गर्दा देश लकडाउनमा रहेकाले यतिखेर आफू काठमाडौँ कोठामा घुम्सिएर बस्न आफूलाइ कठिन हुने भएकाले, जन्मथलो तिर आएर यति खेर बझाङका ठूला-ठूला डाँडाकाँडा त कहिले झरनाहरुमा रोमिएकि छिन्।

देशमा यस्तो अचम्मको रोग आएको हुनाले आफूले घर आउने अवसर पाएको छु, अनि गाउँको रमाईलो जीवनलाई पनि स्मरण गर्न पाएको रोकायाले बताएकि छिन्।

गुम्स रहेको काठमाडौँ झन् त्यही माथि गाडीको आवत जावत कतै स्वच्छ हावा नचलेको अनुभव, यतिखेर आफ्नै गाउँमा स्वच्छ हावापानी मा रमाएको छु,साथै लकडाउन भरि म घरपरिवार सँग नै रोमिने बताएकी छिन्।

काठमाडौँमा कहिले पशुपति, कहिले बागमती गएर रमाएपनि, यतिखेर जङ्गलको रमाईलो स्मरण सँगै खोला नाला,चराचुरुङ्गीको मीठो धुन सँगै रमाईरहेको आफूलाई अनुभति भईरहेको बताएकी छिन्। यो भन्दा पहिलाको लकडाउन पनि त्यतिखेर आफ्नै जन्मथलो बझाङमै बिताएको रोकायाले बताएकी छिन्। साथै आफ्नो The Sonica Show च्यानल यति खेर गाउँ बाट नै रमाईलो भिडियो दिईरहेको पनि रोकायाले बताएकि छिन्।

@915rokayasarkarsonica

Perfect ♥️

♬ original sound – Can Dy

चर्चामा

सम्बन्धित समाचार