बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी बिच्चलीमा

आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी बिच्चलीमा

  • बुधबार, जेष्ठ १२, २०७८
आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी बिच्चलीमा

बाजुरा–बडिमालिका नगरपालिका २ माझिगाउँमा नाबालक चार भाइबहिनी अलपत्र परेका छन् । आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी अलपत्र रहेको वडा अध्यक्ष डम्मर महतले वताएका छन् ।
अलपत्र पर्नेमा ७ बर्षकि करुणा नेपालि, ६ बर्षकी कोपीला नेपाली, ४ बर्षकी स्माया नेपाली र ३ बर्षका धुुब्रराज नेपाली रहेका छन् । आमा रेखा दमाईको उपचारको क्रममा २ बर्ष पहिला भारतमा मृत्यु भएको थियो, भने बुवा बिनय नेपालीले अर्को बिहे गरेर भारत गएपछि अलपत्र रहेका वडा अध्यक्ष महतले वताए ।
नाबालक चार जना दलित भाईबहिनी बुढा बाजे अर्जुन दमाई र बज्यै बिस्ना दमाईको संरक्षणमा रहेका छन् । आर्थिक अबस्था निकै कमजोर रहेको अर्जुन दमाईको परिवारलाई नाबालक नातिनातिनी पाल्न निकै समस्या भएको छ । गाँउभरी डुलेर अरुलाई मागेर नाति नातिनिहरुको पेट भर्ने काम गरेको बज्यै बिस्ना दमाईले रुदै वताईन् ।
कोरोनाको कहर बढे सँगै लकडाउने उनिहरुमा झनै समस्या परेको छ । लकडाउन नहुनु पहिला ज्यालामजदुरी गरेर पाल्थे अहिले भने गाउँभरी मागेर पाल्ने गरेको बाजे अर्जुन दमाइले वताएका छन् । सबै सानै रहेका छन्, जेठी करुणा कक्षा २ मा माइलि कोपीला नेपाली कक्षा १ मा पढने गरेकि छन्, बाँकी भने सानै रहेको बाजे अर्जुनले वताए । मागेर कति हुनु उनिहरुलाई राम्रो सँग खान सम्म पुुयाउन नसकेको उनले वताए ।
अर्जुनको परिवार दलित हुन् । अझै जमिन जग्गा समेत नभएका उनको परिवार खलिया काम गर्थे, माथिल्लो जातिको काम गरे बाफतको अन्नले केही दिनलाई खान पुुगेपनि अहिले भने परिवार पाल्न निकै समस्या भएको वताए । अरुले राम्रो लगाएको देखेपछि किनिदेउ भन्छन्, तर आफु सँग पैसा हुदैन्, अरु गाउँलेका लुुगाफाटा मागेर नातिनातिनिको शरिर छोप्ने गरेको उनले वताए ।
बडा अध्यक्ष डम्मर महतले भने आफुहरुले पनि कहिलेकाँहि खाद्यन्न मिलाउने गरीरहेका छौ, यिनिहरुको पढाई त टाढाको बिषय हो छाक टार्न पनि समस्या भएको वताए । यि साना वालवालिकाको सहयोगका लागि पहल गर्नका लागि आग्रह समेत गरेका छन् ।
बडिमालिका नगरपालिका महिला तथा बालवालिका शाखा प्रमुख केशरी रोकायाले भनिन्, त्यस्ता अलपत्र परेका बालवालिकालाई यो आर्थिक बर्षमा प्रति ब्यक्ति १ हजार सहयोग गरेको वताईन् । युनिसेफको सहयोग १ हजार सहयोग गरेका छौ, बाँकि नगरपालिकामा कोष स्थापना हुन लागेको त्यसपछि सहयोग गर्न सकिने रोकायाले वताईन् ।

चर्चामा

सम्बन्धित समाचार