दोर्जे सानो छँदा शुन्दर अनि चञ्चल स्वभाबको थियो,लगनसिल मिहेन्ति देखेर एका देशको राजालाई त्यो माथि दया जाग्यो।उन्ले दोर्जेलाई सहोयोग गर्ने निर्णय गरे राजहरु खासै दयालु त हुँदैनन् तरपनि कुन्नि बिक्रम राजालाई त्यो बालखमा किन दया जाग्यो बुझ्न गारैछ।जेहौश बिक्रमले दोर्जेलाई लामाहरुको स्कुलमा भर्नागरेर चौतर्फिय ज्ञान हाशिल गराउँन थाल्यो।
देशमा गरिबी र भोकमरि भयपनि अहिले दोर्जेले शिक्षा राम्रो पाईनै रहेको थियो।त्यो पढेर ज्ञानि भयपछा राजाले त्यहि गुम्बाको प्रमुख बनाई दिए।राजाको सहयोग पाएको दोर्जे दिनानुदिन निडर र शक्ति शालि बन्दै जानु स्वभाबिकनै थियो।
दोर्जे गुम्बाको प्रमुख भएपछि उसको दाजुले पनि ठेक्का बट्टाको काम गर्न थाल्यो पछि काम राम्रो चलेपछि उस्ले त्यो गुम्बाको काम छाडेर आफ्नो दाजु सँग सँगै ठेक्का बट्टामा भागलियो।दुबै भाईले मिलेर गरेको कामले काफि फाईदा भयो।
निडर मिहनिति त थियोनै राजाको सहयोगले उ शक्तिशालि पनि थियो।अब उस्ले राजनीति गर्ने मन बनायो त्यसमा पनि दरबारको सहयोगनै थियो।राजा बिक्रमले उसलाई आफ्नै छोरा जस्तै बिस्वास गर्थ्यो।दोर्जेलाई छिमेकी देशले पनि नियालि रहेको थियो समयमा उसैलाई उपयोग गर्ने मन बनाएको थियो।छिमेकी देश ठुलो र त्यो भन्दा कयौगुणा शक्तिशालीनै थियो।
त्यो बेला छिमेकी पनि भर्खर स्वतन्त्रता पाएको थियो स्वतन्त्र देशको प्रथम प्रधान मन्त्रीले छिमेकी देशहरुको लागि छुट्टै नीति निर्धारित गरेर सम्प्रक साधन थाल्यो।छिमेकीको नीति बिस्तारवादी प्रकारको थियो।दोर्जेले बनाएको राजनीतिक पार्टीले चुनावमा आठौटा सिटहरु जीत्यो।पछि
दोर्जेले पनि आफ्नो पाल्टीलाई काग्रेसमा बिलय गराएको थियो।उनिहरुले लोकतन्त्रको पक्षमा बिस्तारै आवाज उठाउँन थालेका थिए।दोर्जे छिमेकी देशमा पुगेर त्यँहाको प्रधान मन्त्रीलाई भेट्यो त्यसपछि उ आफ्नो देशमा फर्कियो।अब त्यसमा धेरै परिवर्तन भएको थियो।
उसलाई छिमेकीको प्रधान मन्त्रीले लोलिपोप दिएको थियो,दोर्जे लाई अहिले पनि तिम्रो देशमा राजतन्त्र रैछ त्यो नहुँनु प्रथ्यो।अब त लोकतन्त्र हुनुपर्छ देशभित्र बिकाश हुनुपर्छ”आदी कुराहरुले दोर्जेलाई मोहित पारेको थियो।दोर्जेले मनैमनमा त्यो देशको प्रमुख बन्ने सपना देख्न थाल्यो।आम निर्वाचनमा उसले पनि आठौटा सिट जितिसकेको थियो। त्यसपछि त उस्को महतकंक्षि अरु बढ्दै गयो।
देशपनि उस्तै थियो देशमा खासै बिकाश नभएकोले जनताहरुमा राजतन्त्रको बिरुद्धामा तृर्व रोश थियो।यता छिमेकीले त्यो देशमा सहयोगको नाममा अराजकता जातिय हिँशा सुरु गराएको थियो।दोर्जेलाई छिमेकीले उक्साउँने गर्थ्यो उता राजालाई सहयोगको नाउमा लगातार असमान शन्धि र सम्झौता गर्न लगाएर देशलाई आफ्नो अधिनमा राख्ने प्रयास गर्दै थियो।
दोर्जेले पनि यो पुरै देशको प्रमुख बन्ने सपना देखेको थियो।त्यसैले गर्दा आफुलाई शिक्षित र शुरक्षित बनाएर हुर्काएको राज बिक्रमको बिरुद्धामा छिमेकी लाई सहयोग गर्दै आयो।
अहिले फेरी आम निर्वाचन नजिकै थियो।दोर्जेलाई कसरि जितौ भन्ने लागेको थियो तर त्यो निर्वाचनमा उस्को सिट नआएपछि ठाउँ ठाउमा धान्दलि गर्न थाल्यो र आफैले चुनावमा धान्दलि भयो भन्दै चुनाव दुवारा गराउँने माग राख्यो।नभन्दै चुन आयोगले आर्को पटक निर्वाचन गराउँन आदेश दियो।
अबचुनाव मा ब्यबपक धानदली गरेर त्यो देशका ३२सिट मध्य ३१वटा सिटहरुमा दोर्जेले जीत हासिल गय्रो।उस्ले देशको कमान छोप्यो।दोर्जे एका देशको प्रधान मन्त्री भयो।अब छिमेकीलाई झन मोज हुनेभयो।किन कि दोर्जेको छिमेकि सँग राम्रो बन्थ्यो।देशको संबिधान बनाउँन सुरुभयको संसदमा छिमेकमा आफ्नो देशबिलय गराउ अनिबार्य गरियो।त्यहि प्रस्ताबलाई एक जनाको बिरुद्धमा ३१जनाले पारित गरे।अब एकादेशका जनता बिहान पख छिमेकी देशका नागरिक बनिसकेका थिए।दोर्जे लाई त्यो उस्कैदेशलाई राज्य बनाएपछि त्यो देशको मुख्य मन्त्रि त बनाए।
अब दोर्जे प्रधान मन्त्री बाट मुख्य मन्त्री भयो।एउटा स्वतन्त्र देश आज छिमेकीको एउटा प्रान्त थियो।दोर्जेले फेरी पनि प्रदेशको लागि चुनाव लड्छ।तर छिमेकीको शड्यन्त्रले गर्दा कसरि दोर्जे बाट पिछा छुडाउँने प्रयात्न गर्दै थियो।अहिलेको बिधान सभाको निर्वाचनमा दोर्जेलाई नराम्रैगरी हराउन छिमेकीले नै प्रयास गरेको थियो।जब दोर्जेले आफुलाई छिमेकिले उपयोग गरेको पत्ता लाग्यो त्यो बेला धेरै अबेरा भैसकेको थियो।
उस्ले हारेपछि त्यँहाका जनताले उस्लाई दलाल र गद्धार भन्नथाले।त्यो ठाउँमा दोर्जेलाई खपिखानु नसक्ने गराएपछि उ त्यँहा बाट भागेर आर्को प्रान्तमा एउटा टुटेफुटेको घर दिएर त्यो दोर्जेलाई सरकारले बसाल्यो।दोर्जे ले एउटी अमेरीकन महिला सँग बिबहा गरेका थिए तर राजनितिकमा उस्को हारभयपछि दोर्जेपनि कम्जोर भयो र उस्को श्रीमतीले पनि उस्लाई छाडेर कतै भागि।उन्ले एमेरिकन नागरिक सँग बिहे गरेका थिए दुईपल्ट पोईल गएर तेस्रो पल्ट आएकी दोर्जे सँग तर पनि बसिन।
यता केही बर्ष पछि उपचारकै द्वौरानमा दोर्जेको मृत्यु भयो उस्लाई छिमेकीले मरेपछि आफ्नो देशभक्त भनेर म्मान गरेता पनि उस्लाई आफुले गरेको गद्धारीले चिन्तित तुल्येको थिएँ।
आज उस्लाई धेरैले गद्धार भन्छन।छिमेकीहरुले पनि त्यो आफ्नो देशभक्त भन्छन।उस्लाई आत्मगलानि भयको थियो।
आखिरमा दोर्जेले आफुलाई शिक्षा र सम्रक्षाण दिएको राजा सँग पनि गद्धारी गय्रो।उसलाई लोभले लाभ लाभले बिलाप गराएको थियो।(कथा का पात्र स्थान सबै काल्पनिक हुन”कसैको ब्याक्तिगत जीवन सँग मेलखाएमा मात्र सञ्जोग हुनेछ।)मित्रहरु यो कस्को जीवनी सँग मेलखान्छ जस्तो लाग्छ?कमेट गर्न नभुल्नुहोला।