• होमपेज
  • कला /साहित्य
  • नागरिकता बिध्यायकमा रोक लगाउँ

नागरिकता बिध्यायकमा रोक लगाउँ

  • मङ्लबार, जेष्ठ ११, २०७८
नागरिकता बिध्यायकमा रोक लगाउँ

नागरिकता बिध्यायकमा रोक लगाउँ अब,
हिमाल पहाड मधेशलाई पनि जगाउँ अब।

राष्ट्र घाति बिध्यायक चाहिँदैन यो देशभित्र,
सबै बिदेशका दलालहरु लाई भगाउँ अब।

चलेकैछ राष्ट्रवादी आन्दोलन छन सडकमै,
आउ उनिहरुलाई हामिले पनि सगाउँ अब।

हिँजो यिनैले सडकमा चिच्चाएर बिरोध गरे,
त्यही यिनैले गरेको भाषन पनि मगाउँ अब।

धमिराले पनि लगाउँछन पौँख कहिले कसो,
मर्नेबेलामा भन्छन अरे सबैलाई ठगाउँ अब।

चर्चामा

सम्बन्धित समाचार