सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाज
  • कोरोना प्रभाबित तथा खाद्य संकट परिवारलार्ई खाद्यन्न सहयोग

कोरोना प्रभाबित तथा खाद्य संकट परिवारलार्ई खाद्यन्न सहयोग

  • सोमवार, जेष्ठ १०, २०७८
कोरोना प्रभाबित तथा खाद्य संकट परिवारलार्ई खाद्यन्न सहयोग

बाजुरा–बाजुरामा जिल्लामा कोरोनाका कारणले अलपत्र परेका परिवारलाई खाद्यन्न सहयोग गरिएको छ । लकडाउन सँगै कोरोनाले समुदाय स्तरमा चरम खाद्य संटक निम्त्याएपछि शान्ति सेवा गृह को सहयोग र बडिमालिका खबरको समन्वयमा राहत बितरण गरिएको छ ।
कोरोनाको कहरमा ज्यालामजदुरी गुमाएका, कोरोना संक्रमित बाट आफन्त गुमाएर समस्या परेका परिवारलाई खाद्यन्न सहयोग गरिएको बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले वताएकि छन् । चामल, दाल, नुन, तेल, तरकारी, अण्डा, साबुन, मास्क सहयोग गरिएको बिष्टले वताएकि छन् ।
खाद्यान्न समस्या भोगिरहेका पहिलो चरणमा १० परिवारलाई कम्तिमा १ महिना सम्म पुग्ने खाद्यन्न सहयोग गरेको शान्ति सेवा गृह कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताएका छन् । अझै खाद्यन्न अभाबमा अलपत्र परेका परिवारलाइ सहयोग गर्दै जाने उनले वताएका छन् । स्थानिय तह सँग सहकार्य गरेर सहयोग बितरण गरेको बडिमालिका खबरका लक्ष्मिराज पाध्यायले वताएका छन् ।
बाजुरामा कोरोनाको कहरले रोग भन्दा पनि भोकले समस्या परेको जानकारी पछि जर्मन नागरिक Marianne grospietch को सल्लाह तथा सहयोगमा शान्ति सेवा गृहले सहयोग गरेको कुवरले वताएका छन् । संकटमा बेला खाद्यन्न सहयोगले ठुलो सहयोग भएको बडिमालिका ९ बस्ने प्रमेजला बिकले वताएकी छन् । उनका श्रीमानको कोरोनाका कारणले दुुइसाता पहिला मात्र मृत्यु भएको थियो । श्रीमानको मृत्यु पछि शोकमा डुुबेकी प्रेमकलालाई यो सहयोगले ठुलो राहत भएको वताएकि छन् । उनका अहिले चार जना परिवार रहेका छन् ।
बडिमालिका ७ बस्ने खुड्या लुवारले भने ज्यालादारी काम गरेर परिवार पाल्ने गरेको थिए । लकडाउन पछि परिवार पाल्न निकै समस्या भएको थियो । बिहाना बेलुका छाक टार्न निकै समस्या रहेको थियो, यो बेलाको सहयोगले १ महिना सम्म खाद्यन्नको जोहो भएको वताए । बडिमालिका नगरपालिका ७ का अध्यक्ष धर्मराज पाध्यायले भने अहिले बाजुरामा रोग भन्दा पनि भोकले बढि पिडामा रहेको वताए, केही परिवारलाई यो सहयोगले ठुलो राहत भएको पाध्यायले वताए ।
३५ बर्ष देखी Marianne grospietch बिश्वमा सामाजिक सेवा काम गर्दै आएकि छन् । नेपालमा शान्ति सेवा गृह स्थापनाको शुरुवात उनले नै गरेकि थिईन् । शान्ति सेवा गृहले बाजुरामा अलपत्र रहेका वालवालिका, उपचार नपाएर रोग पालिरहेका धेरैलाई उद्धार गरेको थियो । संस्थाले काठमाडौमो कोरोना संक्रमितलाई निशुल्क अक्सिजन सिलिन्डर, स्वास्थ्य संस्थामा स्वास्थ्य साम्रागि र अलपत्र परेकालाई खाद्यन्न सहयोग गरेको संस्थाले वताएकि कार्यक्रम निर्देशक अप्सरा कार्कीले वताईन् ।

चर्चामा

सम्बन्धित समाचार