खै भ्यागुताको धार्नी कैले पुग्छर.जैली पनि उस्तै!के भयो बजै?रामेले बुढी गन गन गरेको शुनेर सोध्यो!उनि धेरै बेर बाट आफ्नो कौसिमा गन-गन गर्दै थिईन।रामेले आफ्नै घरको छतबाट सोधेको पनि उत्तर आएन।उत्तर न आएपछि-होईन बजैलाई केभयो आज म सँगपो रिसाएको जस्तो लाग्यो,मैले त केही भनेको होईन!उस्ले मनैमनमा अड्कल काड्यो!किन रिसाको बजै?म सँग!होईन बाबु म तिमि सँग रिसाएको त होईन नसुनेर पो हो मैले तिमिले बोलाएको!अहिले बल्ल बजैको उत्तर पाएर रामे को मनबाट बोझ हट्यो।
बुढी भयपनि राधालाई जो तो ले लेक्चरमा पनि जित्न सक्दैनथे।उनि एउटा स्कुलबाट अध्यापक रिटायर्ड भएकि महिला हुँन।उन्को लोग्नेको धेरैबर्ष पहिलेनै मृत्यु भएपछि उनैले छोरा-छोरी हुर्काईन बिबहा गरिन अहिले आफु एक्लै एउटा राम्रो घरमा बस्थिन।कहिले कसो छोरा बुहारी पनि आउँथे तर खासै बस्दैनथे।छोरा र बुहारीले पनि नोकरी गर्छन भन्थिन।तर परायजसो उनि एक्लैनै हुन्थिन।बोलिचालीमा अलि रुखि भयपनि दुःख सुखमा काम आउँने त्यो कलौनीमा उनै एकजना थिईन।कलौनी जस्तै केहिघरहरुको बिचमा एउटा बगैचा थियो उनि त्यँहापनि बेलाबखतमा जान्थिन र मालिहरुलाई सम्झाउँने बुझाउँने गर्थिन।तिनिहरु सबैले मान राख्थे अह्राएको पनि मान्थे।त्यँहा धेरैजसो उनैको चल्थ्यो उन्ले कसैलाई फुल तोड्न मना गरिन भने मालिहरुले फुल तोड्न दिदैनथे त्यही कुरालाई लिएर कलौनिका एकजना सज्जन सँग मालिको भनासुन भयो र पछि राधानै गएर उक्त सज्जनलाई माफि समेत मगाएरै छाडिन।रामुले यो ठाउँमा केहि बर्ष देखि बस्दै आएका थिए घर जोडिएकोले राधा नै उन्को एउटा असल छिमेकी थिईन।रामुले नजिकै एउटा मैनपावरको आफिसमा काम गर्थे उनिपनि समाज सेबकनै हुँन,रामुका फैमलिहरु धेरै जसो गाउँमै बस्थे एता त कहिले कसो आउँथे।आएको बेलामा राधाले आफ्नै छोरी जस्तो गराउँथिन।उनिहरुको राम्रो सम्बन्ध थियो।रामुलेपनि राधाले गर्न नसकेको काम गर्दिनेगर्थ्यो त्यसैले उनिहरुको बिच राम्रो आमा-छोराको जस्तो समबन्ध भयो।
आज बुढीलाई अलि जंगिएको देखेर रामु आत्तिएकोहो अहिले बुढीको कुरासुनेर आफु बाट नरिसाएको जानकारी भयपछि रामुलाई खुसि त लाग्यो तर बुढीलाई चिन्तित देख्दा भने उस्लाई पनि त्यो बुढीलाई केकारणले चिन्ता लागेकोछ त्यो खोतल्ने मन लागेकोथियो।
बजै आज हजूरलाई धेरै चिन्तामा देख्दा एउटा कुरा सोध्ने मनलाग्यो सोधौँ?रामुले अनुरोध गर्छ।मलाई अलि कति चिन्ता के भने हामिले रगत र पसिना दिएर ल्याएको गणतान्त्रिक सम्बिधानलाई आज धुजा धुजा पारेको देख्दा रिस उठेको हो बाबु,मैले सारा जिवन लोकतन्त्रको लडाई लडेँ तर पनि त्यो कुनचराको नाउँहो लोकतन्त्र मलाई अनुबभ भैन!अहिले बुढीले रामु सँग कुरा नलुकाएर यथार्थ भन्दैथिन।जस्ले पनि सत्ता छोप्यो उहि तानासाह बन्छ,जनताको लागि त भ्यागुताको धार्नी कहिलेई पुग्दैन।भन्दै उन्ले रामु तिर पिर्लुक्कै हेर्छिन।उन्ले रामुलाई यसरी हेर्छिन साहिद केही रामु सँग गुनासो थियो कि केही आसगरेकीछन।तर रामुभने राजनीतिक झमेलामा पर्न खोज्दैन।
रामु अहिले तिमि के गर्दैछौँ ?खालिछुँ बजै!किन र काम थियो र?छैन बाबु त्यतिकै घरमा आउ एकछिन बसौँला भनेर सोधेकी।
रामु हौशा बजै भन्दै घरभित्र प्रबेश हुन्छ।रामु हामी आमा छोरा जस्तैछम त्यसैले मैले केही लुकाउँनस लाग्दैन मनमा लागेको कुरा भन्छु।हजूर मलाई पनि त हजूर मेरै आमा जस्तै लाग्नु हुन्छ!रामुले भन्छ।अहिले युवाहरुले राजनीतिक कमान छोप्नु पर्नेछ।देश प्रतिगमन तर्फ गयो त्यसैको मलाई चिन्ताछ।यो सुनेर मनैमन आखिर यो बुढीलाई कस्तो राजनीति नसा चढेको भन्छ।केभयो?केहिहोईन बजै!भन्दै उ एकदम सतर्क भयो।रामु मलाई राजनीति ठिक लाग्दैन थ्यो तर हामिले पिउँने पानीमा पनि राजनीति हुन्छ फेर्ने स्वासमा पनि राजनीति हुन्छ त्यो थाहा पाएपछि राजनीति गर्न सुरु गरेकी हुँ।राधाले अघि भन्दै जान्छिन यो गणतन्त्र ल्याउँनको लागि मैले आफ्नो श्रीमान गुमाएँ,एउटा छोरी गुमाएँ अनि बल्ल देशमा सम्बिधान आयो अहिले त्यो गुम्न थालेकोछ।
मलाई त्यही भयर फेरी राजनीति गर्नुछ सम्बिधान जोगाउँन र देश जोगाउँन मलाई तिमि जस्तै युवाहरुको खाँचोछ!
रामुले गम्भिर भयर उन्को कुरा शुन्दै थियो,बिगतका दिनहरु बिस्तारै नियाल्दै थियो।पहिले राणाले,अनि राजाले अहिले उनैका बन्दुभाईले पच्छार्दैछन यो देशलाई भकुन्डो जस्तै बनाएर,जनतालाई भेडा-बाख्रा बनाएर राज गर्नेहरु ताना शाह भएकाछन।एउटा भर्खर जन्मेको शिशुलाई पचास हजार रिण लागेकोछ भने त्यो बच्चाले पनि त राजनीति गर्नैपर्छ होईनर?राधाले रामुतिर हेर्छिन।
उस्ले पनि अहिले राधाको जस्तै अनुभब गर्न थालेकोछ। अहिले यो कोरोनाको महामारि छ त्यसैमा पनि हेर राजनीतिक हुँदैछ आखिर यि राक्षेशहरुको अगाडि नतमस्तक भयर अन्याय सहि रहनेकी बिद्रोह गर्ने?भन्दै कुराको बिट मार्छिन।रामु बे उत्तर भयर बिदा लिन्छ।तर उस्को भित्र लुकेको ज्वाहार भाट मनमस्तिकमा उफ्रिन थाल्छ।आखिर राधा जस्तै बृद्ध महिलाहरुमा शक्तिछ उस्ले मनैमनमा अब शंघर्ष गर्ने निधोगर्छ।
(कथा का पात्र काल्पनिक हुँन कसैको जिवन सँग मेल खायो भने मात्र त्यो सञ्जोग हुँनेछ)